Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका मुआथाई खेलाडी प्रबिण नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियनको तयारीमा

    खोटाङका मुआथाई खेलाडी प्रबिण नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियनको तयारीमा


    • सोमवार, आश्विन १ २०८०

    • नेपाल वाइड


    खोटाङका मुआथाई खेलाडी प्रबिण नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियनको तयारीमा
    मुआथाई खेलाडीद्धय प्रबिण राई र भिम्पा तामाङ ।

    खोटाङ, १ असोज । खोटाङका मुआथाई खेलाडी प्रबिण राई नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियन प्रतियोगीताको तयारीमा जुटेका छन् । केपिलासगढी गाउँपालिका–६ दिप्सुङका राई गोकर्णेश्वर मुआथाई नगर कमिटि, काठमाडौंको आयोजनामा आगामी असोज १३ गते गोकर्णेश्वर टेम्पल प्यालेसमा हुने प्रतियोगीतामा भिड्ने तयारी गरेका हुन् ।

    उनले रक स्टार एमएमए मुआथाइ क्लव वनस्थलीकातर्फबाट नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियन प्रतियोगीता भिड्ने तयारी गरिरहेका छन् । सो प्रतियोगीतामा राई र भक्तपुरका भिम्पा तामाङबीच फाइट हुनेछ ।

    विगत ७ वर्षदेखि मुआथाई खेल्न सुरु गरेका राईले गोर्खाली मुआथाई क्लव, सुकेधारामा प्रशिक्षण लिँदैआएका छन् । प्रबिणले हालसम्म खेलेका एक दर्जन प्रतियोगीतामध्ये सबै खेलमा विजय हासिल गरेको रेकर्ड रहेको गोर्खाली मुआथाई क्लवका अध्यक्ष बिशन राईले बताए ।

    सम्बन्धित समाचार