Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शिक्षक आन्दोलनमा हिँडेपछि सुनसान बन्यो स्कुल

    शिक्षक आन्दोलनमा हिँडेपछि सुनसान बन्यो स्कुल


    • बिहिवार, आश्विन ४ २०८०

    • नेपाल वाइड


    शिक्षक आन्दोलनमा हिँडेपछि सुनसान बन्यो स्कुल
    शिक्षक आन्दोलनका कारण सुनसान बनेका खोटाङका विद्यालय । तस्बीर: दमन राई

    खोटाङ, ४ असोज । शिक्षकको आन्दोलनका कारण खोटाङका अधिकांश सामुदायीक विद्यालय सुनसान बनेका छन् । जिल्लाका शिक्षक ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ को विरोधमा आन्दोलनमा उत्रिएपछि अधिकांश सामुदायीक विद्यालय सुनसान बनेको हो ।

    संसदमा दर्ता भएको विधेयकको मस्यौदा सार्वजनिक भएपछि नेपाल शिक्षक महासंघको आव्हानमा विभिन्न शिक्षक संगठनको नेतृत्वमा शिक्षकको समुह बिरोध कार्यक्रममा सहभागी हुन काठमाडौं गएपछि विद्यालयमा ताला लागेको छ ।

    आन्दोलनमा सहभागी हुन नगएका शिक्षक विद्यालय बन्द गरेर बसेका छन् । जिल्लाका अधिकांश विद्यालय बन्द भएको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रवक्ता प्रमुख नरबहादुर खड्काले बताए ।

    school 4.jpg

    शिक्षकको आन्दोलनप्रति जिल्लाका स्थानीय सरकार पनि लचिलो देखिएका छन् । बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सरस्वती माबि, पञ्च माबि लगायतका विद्यालयमा पुग्दा ताला लागेको देखिएको थियो ।

    जिल्लाका ४८६ वटा सामुदायीक विद्यालयमा एक हजार ५२३ वटा स्थायी दरबन्दी र ६४५ राहत दरबन्दी छन् । नेपाल शिक्षक महासंघले काठमाडौंमा आयोजना गरेको बिरोध कार्यक्रममा खोटाङका पाँच सय बढी शिक्षक काठ्माडौं पुगेका नेपाल शिक्षक महासंघ खोटाङका अध्यक्ष मिनकुमार दाहालले बताए ।

    शिक्षक विद्यालय छाडेर आन्दोलनमा हिँडेपछि पठन–पाठन प्रभावित भएको छ । यद्यपी हिउँदे वा अन्य बिदा कटाएर आन्दोलनको अवधि बराबरको पठन–पाठन सञ्चालन गरिने दाहालले बताए । अहिले शिक्षकको आन्दोलनका पक्ष र विपक्षमा वहस भइरहेको छ ।

    सम्बन्धित समाचार