Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटाङमा ‘कम्युनिटी कोचिङ कोर्स’ सुरु

    खोटाङमा ‘कम्युनिटी कोचिङ कोर्स’ सुरु


    • बिहिवार, आश्विन ४ २०८०

    • नेपाल वाइड


    खोटाङमा ‘कम्युनिटी कोचिङ कोर्स’ सुरु
    ‘कम्युनिटी कोचिङ कोर्स’मा सहभागी विभिन्न जिल्लाका खेलाडीहरुसँग दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र खोटाङ फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईलगायत ।

    खोटाङ, ४ असोज । फुटबलको प्रशिक्षक उत्पादनका लागि खोटाङमा ‘कम्युनिटी कोचिङ कोर्स’ सुरु गरिएको छ । फुटबल प्रशिक्षक उत्पादनका लागि खोटाङ फुटबल संघले अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा दिक्तेलमा चार दिने ‘कम्युनिटी कोचिङ कोर्स’ सुरु गरेको हो ।

    प्रशिक्षक बन्नका लागि आधारभुत क्षमता विकासका लागि ‘कम्युनिटी कोचिङ कोर्स’ सुरु गरिएको खोटाङ फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईले बताए । ‘कम्युनिटी कोचिङ कोर्स’मा खोटाङ, ओखलढुंगा, सुनसरी, मोरङ, कैलाली र तेर्‍हथुमका ३६ जना खेलाडी सहभागी भएको फुटबल संघले जनाएको छ ।

    सहभागीमध्ये तीन जना महिला छन् । संघका अनुसार सो तालिममा सहभागी खेलाडीहरु एन्फाको ‘कम्युनिटी कोचिङ कोर्स’को २८ औं व्याच हो । प्रशिक्षक बन्न इच्छुक खेलाडीलाई ‘कम्युनिटी कोचिङ कोर्स’मा सहभागी गराइएको संघका अध्यक्ष राईले बताए ।

    कम्यूनिटी कोचिङ कोर्सलाई ‘डी लाइसेन्स’ पनि भन्ने गरिन्छ । सैद्धान्तिक प्रशिक्षण दिक्तेल इंलिस बोर्डिङ स्कुलमा र प्राक्टिकल माटिकोरे खेल मैदानमा गर्ने व्यवस्था मिलाइएको छ । ‘कम्युनिटी कोचिङ कोर्स’मा एन्फाका हेड अफ कोच एजुकेसन सञ्जित सिं र बागमती प्रदेश प्रशिक्षक चेतनारायण श्रेष्ठले सहजीकरण गरिरहेका छन् ।

    यस्तै, खोटाङ फुटबल संघले धरानमा आयोजित कोशी प्रदेश स्तरिय रेफ्री तालिममा पाँच जनालाई पठाएको छ । शैलेन्द्र बजिमय, बिरेन गुरुङ, पवन राई, राजधन राई र शशी राईलाई रेफ्री तालिममा पठाइएको संघले जनाएको छ ।

    fgdsfg.jpg
    धरान आयोजित कोशी प्रदेश स्तरिय रेफ्री तालिममा खोटाङ जिल्लाबाट सहभागी खेलाडीहरु । तस्बिर: रुपन खत्रीको फेसवुकवालबाट साभार

    सम्बन्धित समाचार