Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पहिचानको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना

    पहिचानको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना


    • बिहिवार, आश्विन ४ २०८०

    • नेपाल वाइड


    पहिचानको आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना

    खोटाङ, ४ असोज । कोशी प्रदेशको नाममा असहमती राखेर आन्दोलनमा उत्रिएका बेला प्रहरीले दमन गरेको भन्दै प्रदेस नम्बर १ पुनः नामाङ्कन सयुक्त संघर्ष समिति खोटाङले भर्त्सना गरेको छ ।

    प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई बिहिबार दिक्तेलमा कालो झण्डा देखाएर बिरोध गर्नेक्रममा आन्दोलनकारीमाथि प्रहरीले धरपकड गरि निर्घात कुटपिट गरेको भन्दै संघर्ष समितिले घोर भर्त्सना गरेको हो ।

    प्रदेश नम्बर १ पुनः नामाङ्कन सयुक्त संघर्ष समितिका संयोजक युगसन किरात र युवा परिचालन समितिका संयोजक निर्मल राईले विज्ञाप्ती जारी गर्दै प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनार र डिएसपी पुरुषोत्तम खड्का सम्मिलित प्रहरीले शान्तिपुर्ण आन्दोलनमा गएका आन्दोलनकारीमाथि बल प्रयोग गरेको उल्लेख छ ।

    संयुक्त संघर्ष समितिले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई सार्वजनिक स्थलमा जवरजस्त बल प्रयोग गरी कुटपिट गर्ने डिएसपी खड्का सम्मिलित प्रहरीलाई छानविन गरी कारबाही गर्न माग गरेको छ ।

    “शान्तिपुर्ण आन्दोलन गर्न पाउने नागरिकको अधिकारमाथि जबरजस्त बल प्रयोग गरी आन्दोलनकारीलाई सार्वजनिक स्थलमा निर्धात कुटपीट गर्ने डिएसपी सम्मिलित प्रहरी जवानमाथि यथासिघ्र छानविन गरि कारवाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ,” विज्ञाप्तीमा भनिएको छ, “हाम्रो मागलाई बेवास्ता गरिए जस्तोसुकै आन्दोलनको तयारी गर्न बाध्य हुनेछौँ, त्यसबाट उत्पन्न हुने सबै परिस्थितिको जिम्मेवार स्वयं प्रहरी र प्रमुख जिल्ला अधिकारी हुने सार्वजानिक गर्न चाहन्छौँ ।”

    कोशी प्रदेस नाममा हस्ताक्षर गर्ने ८२ सांसदलाई प्रदेशभरी निषेध गर्ने कार्यक्रम रहेको अवस्थामा आन्दोलनलाई बेवास्ता गर्दै खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री मेन्याङ्बो जिल्ला भित्रिएकाले कालो झण्डा देखाइएको प्रदेश नम्बर १ पुनः नामाङ्कन सयुक्त संघर्ष समितिका संयोजक किरातले बताए ।

    विज्ञाप्तीमा पहिचानको आधारमा प्रदेशको पुःन नामांकन नभएसम्म कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला प्रवेश नगर्न आग्रह गरिएको छ । आग्रहलाई बेवास्ता गरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जवाफदेही आफुहरु नहुने सयुक्त संघर्ष समितिले चेतावनी दिएको छ ।

    संयुक्त संघर्ष समितिले प्रहरीको कुटपिटबाट घाइते बनेका पहिचान पक्षधर युवाको स्वास्थ्यलाभको कामना गरेको छ । मन्त्री मेन्याङ्बो जिल्ला अस्पताल निरिक्षण गरेर बाहिरिने क्रममा अस्पतालको गेटमा पहिचान पक्षधर युवाले प्रर्शन गरेका थिए ।

    सम्बन्धित समाचार