Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पहिचान पक्षधर समुहमाथि बल प्रयोग गरेको भन्दै डिएसपी सहित प्रहरीमाथि कारबाही माग

    पहिचान पक्षधर समुहमाथि बल प्रयोग गरेको भन्दै डिएसपी सहित प्रहरीमाथि कारबाही माग


    • शुक्रवार, आश्विन ५ २०८०

    • नेपाल वाइड


    पहिचान पक्षधर समुहमाथि बल प्रयोग गरेको भन्दै डिएसपी सहित प्रहरीमाथि कारबाही माग
    बिरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर समुहमाथि प्रहरी दमन भएको घटनाप्रति खोटाङका चार दलद्धरा गम्भीर ध्यानाकर्षण भएको भन्दै जारी गरेको विज्ञप्ती ।

    खोटाङ, ५ असोज । प्रदेस नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले कोशी प्रदेशको नाममा असहमती राखेर बिरोध प्रदर्शन गर्नेक्रममा बल प्रयोग गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।

    प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई बिहिबार दिक्तेलमा कालो झण्डा देखाएर बिरोध गर्नेक्रममा आन्दोलनकारीमाथि धरपकड गरि निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न माग गरेका हुन् ।

    शुक्रबार प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारलाई ज्ञापन–पत्र बुझाउँदै संयुक्त संघर्ष समितिले डिएसपी पुरुषोत्तम खड्का सहितका प्रहरी जवानमाथि छानविन गरी कारबाही गर्न माग गरेका हुन् ।

    शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले सार्वजनिक स्थलमा जवरजस्त बल प्रयोग गरी कुटपिट गरेको प्रदेस नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरातले बताए ।

    ghhhd.jpg
    कालो झण्डा देखाएर बिरोध गर्नेक्रममा आन्दोलनकारीमाथि धरपकड गरि निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी सन्तकुमार सुनारलाई ज्ञापन–पत्र बुझाउँदै संयुक्त संघर्ष समिति ।

    मन्त्री मेन्याङ्बो जिल्ला अस्पताल निरिक्षण गरेर बाहिरिने क्रममा अस्पतालको गेटमा प्रमुख जिल्ला अधिकारी सुनारकै अगाडि पहिचानपक्षधर युवाले प्रर्शन गरेका थिए ।

    कोशी प्रदेस नाममा हस्ताक्षर गर्ने ८२ सांसदलाई प्रदेशभरी निषेध गर्ने कार्यक्रम रहेको अवस्थामा आन्दोलनलाई बेवास्ता गर्दै मन्त्री मेन्याङ्बो जिल्ला भित्रिएकाले कालो झण्डा देखाइएको संयुक्त संघर्ष समितिका संयोजक किरातले बताए ।

    ज्ञापन–पत्रमा पहिचानको आधारमा प्रदेशको पुःन नामांकन नभएसम्म कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदलाई जिल्ला प्रवेश नगर्न आग्रह गरिएको छ ।

    प्रहरी दमन विरुद्ध चार दलको ध्यानाकर्षण

    बिरोध प्रदर्शनमा उत्रिएका पहिचान पक्षधर समुहमाथि प्रहरी दमन भएको घटनाप्रति खोटाङका चार दलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई कालो झण्डा देखाउने क्रममा पहिचान पक्षधरमाथि ज्यादती गरेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले शुक्रबार संयुक्त विज्ञाप्ती जारी गर्दै भत्र्सना गरेको हो ।

    खोटाङको प्रहरी प्रमुखको जिम्मा लिएर आएको दुई दिन नवित्दै डिएसपी पुरुषोत्तम खड्काको नेतृत्वमा गरिएको दमनले जिल्लामा शान्तिसुरक्षा कायम हुने कुरामा थप अबिस्वास सिर्जना भएको संयुक्त विज्ञाप्तीमा उल्लेख छ ।

    “जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएका जिम्मेवार व्यक्ति स्वयम्ले निःशस्त्र नागरिकमाथि लछारपछार गर्ने तथा लाठीचार्ज गर्ने कार्य निन्दनीय छ । यस्ता किसिमको हर्कतले जिल्लामा शान्ति सुरक्षा कायम हुने कुरामा थप अविस्वास सिर्जना भएको छ,” विज्ञाप्तीमा भनिएको छ, “जिल्लामा हुने सबै किसिमको कार्यक्रमको शान्ति सुरक्षाको व्यवस्थापन गर्ने निकायका प्रमुख भएर आफै अमर्यदित हिसाबले प्रस्तुत हुने सुरक्षाकर्मीका प्रमुखले सुरक्षाको प्रत्याभूति गराउन नसक्नु आफैमा दुःखद विषय हो ।”

    सम्बन्धित समाचार