Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अरिंगालको टोकाईबाट खोटाङमा तीन वर्षीय बालिकाको मृत्यु

    अरिंगालको टोकाईबाट खोटाङमा तीन वर्षीय बालिकाको मृत्यु


    • मंगलवार, आश्विन ९ २०८०

    • नेपाल वाइड


    अरिंगालको टोकाईबाट खोटाङमा तीन वर्षीय बालिकाको मृत्यु
    सांकेतिक तस्बिर
    खोटाङ, ९ असोज । अरिंगालको टोकाईबाट खोटाङमा तीन वर्षीय बालिकाको मृत्यु भएको छ । अरिंगालले टोकेपछि गम्भीर घाईते बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी प्रतिमा राईको मृत्यु भएको हो ।
     
    गम्भीर अवस्थामा जिल्ला अस्पताल दिक्तेल पुर्‍याइएकी बालिकाको उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । बालिकालाई दिदिहरुसँग विद्यालय जाने क्रममा मंगलबार बिहान अरिंगालले टोकेको खार्ताम्छाका वडाध्यक्ष मिलन राईले बताए ।
     
    दिउँसो १.१५ बजे अस्पताल भर्ना गरिएकी बालिकाको २.३० बजे मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ । प्रतिमालाई पिठ्युँमा बोकेर हिँडिरहेकी अर्की बालिका पनि अरिंगालको टोकाईबाट घाइते भएकी छन् । यद्यपी फोन नलाग्ने ठाउँ भएका कारण घटनाको विस्तृत विवरण आउन नसकेको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए ।
     
     
     
     
     
     

    सम्बन्धित समाचार