Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ऐसेलुखर्कमा म्याद नाघेका उपोग्यवस्तु बरामद गरेर नष्ट

    ऐसेलुखर्कमा म्याद नाघेका उपोग्यवस्तु बरामद गरेर नष्ट


    • बुधवार, आश्विन १० २०८०

    • नेपाल वाइड


    ऐसेलुखर्कमा म्याद नाघेका उपोग्यवस्तु बरामद गरेर नष्ट
    म्याद नाघेका उपोग्यवस्तु बरामद गरेर नष्ट गर्दै घरेलु तथा साना उद्योग कार्यालय, गाउँपालिका, इलाका प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ ऐसेलुखर्कको संयुक्त टोली । तस्बीरः प्रेम श्रेष्ठ

    खोटाङ, १० असोज । खोटाङको ऐसेलुखर्कमा ११ हजार ५५० रुपैयाँ बराबरको म्याद नाघेका उपोग्यवस्तु बरामद गरेर नष्ट गरिएको छ । दशैं तिहार नजिकिँदैगर्दा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क बजारमा गरिएको बजार अनुगमनका क्रममा म्याद नाघेका मसलादेखि क्यान बियर बरामद गरेर नष्ट गरिएको हो ।

    बजार अनुगमनका क्रममा चार प्याक जुस, तीन वटा क्यान बियर, एक पोका अजिना, नौ पोका मिट मसला, सात वटा सानो कोक, १७ वटा मेघा फ्रि, एक वटा फ्यान्टा, १२ प्याकेट सुनगाभा चिया, २५ प्याकेट चिजबल्स, आठ वटा पेप्सी र दुई वटा कुकिज बिस्कुट जफत गरिएको हो ।

    घरेलु तथा साना उद्योग कार्यालय, गाउँपालिका, इलाका प्रशासन कार्यालय र उद्योग बाणिज्य संघ ऐसेलुखर्कको संयुक्त टोलीले बिहिबार बजार अनुगमन गरेको हो ।

    सम्बन्धित समाचार