Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङ: काठको मुढोले किचिएको अवस्थामा सुमो चालक मृत फेला

    खोटाङ: काठको मुढोले किचिएको अवस्थामा सुमो चालक मृत फेला


    • बिहिवार, आश्विन ११ २०८०

    • नेपाल वाइड


    खोटाङ: काठको मुढोले किचिएको अवस्थामा सुमो चालक मृत फेला
    ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका सुमो चालक नवराज आचार्य, घटनाबारे अनुसन्धान गर्दै प्रहरी ।

    खोटाङ, ११ असोज । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्य मृत फेला परेका छन् । आचार्य बिहिबार बिहान ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित वडा कार्यालय जाने बाटोमा त्रिभुवन माबिको गेट नजिकै मृत फेला परेका हुन् ।

    आचार्यको शव डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुई वटा काठको मुढोले किचेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरी निरिक्षक हरी बरालले बताए ।

    उनी डिलमा राखिएको काठको मुढोसँगै खसेको अनुमान गरिएको छ । आचार्यको साथमा मोबाईल र बेल्टमा बाँधिएको गाडीको चाँबी भेटिएको छ । घटना संकास्पद देखिएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले बताए । प्रहरीले भने अनुसन्धानपछि घटनाको वास्तविकता खुल्ने जनाएको छ । आचार्य ऐसेलुखर्कबाट अन्यत्र ओहोर दोहोर गर्ने सुमो चलाउँदैआएका थिए ।

    सम्बन्धित समाचार