Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमाले जिल्ला कमिटि सदस्य कार्की माओबादी केन्द्र प्रवेश

    एमाले जिल्ला कमिटि सदस्य कार्की माओबादी केन्द्र प्रवेश


    • शनिवार, आश्विन १३ २०८०

    • नेपाल वाइड


    एमाले जिल्ला कमिटि सदस्य कार्की माओबादी केन्द्र प्रवेश
    कृष्ण कार्की

    खोटाङ, १३ असोज । नेकपा एमाले जिल्ला कमिटि खोटाङका सदस्य एबं दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटिका पुर्व अध्यक्ष कृष्ण कार्की नेकपा माओबादी केन्द्र प्रवेश गरेका छन् ।

    पार्टीसँग असन्तुष्ट कार्की शनिबार ओख्रेडाँडागाउँमा भएको कार्यक्रममार्फत औपचारिक रुपमा नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई माओबादी केन्द्रका केन्द्रीय लेखा आयोग अध्यक्ष पेशल खतिवडाले स्वागत गरेका थिए ।

    कार्की सहित कांग्रेसका क्षेत्रीय प्रतिनिधि गंगाबहादुर बिक, नेकपा एकीकृत समाजवादी वडा कमिटि डाँडागाउँका अध्यक्ष शेरबहादुर थापा, कांग्रेसका वडा समिति उपसभापति गणेश कट्वाल, एमालेबाट निर्वाचित पुर्व वडा सदस्य मनमायाँ बिकलगायत ३३ जना पार्टी प्रवेश गरेको नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङका संयोजक दिपक पाण्डे आकाशले जानकारी दिए ।

    स्थानीय तहको निर्वाचनमा डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि तत्कालिन पालिका कमिटि अध्यक्ष कार्कीले पदबाट राजीनामा दिएका थिए ।

    ffg.jpg

    विभिन्न पार्टी परित्याग गरि माओबादी केन्द्रमा प्रबेश गर्ने नेता तथा कार्यकर्ताको साथमा माओबादी केन्दका नेताहरु ।

    सम्बन्धित समाचार