Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियनमा खोटाङका प्रबिण राई विजयी

    नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियनमा खोटाङका प्रबिण राई विजयी


    • आइतवार, आश्विन १४ २०८०

    • नेपाल वाइड


    नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियनमा खोटाङका प्रबिण राई विजयी
    विजयी खेलाडी प्रबिण राई ।

    काठमाडौं, १४ असोज । नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियन प्रतियोगीतामा खोटाङका मुआथाई खेलाडी प्रबिण राई विजयी भएका छन् । गोकर्णेश्वर मुआथाई नगर कमिटि, काठमाडौंको आयोजनामा असोज १३ गते गोकर्णेश्वर टेम्पल प्यालेसमा सम्पन्न मुआथाई च्याम्पियनमा केपिलासगढी गाउँपालिका–६ दिप्सुङका राई विजयी भएका हुन् ।

    रक स्टार एमएमए मुआथाइ क्लव वनस्थलीकातर्फबाट नोकआउट प्रोफेसनल मुआथाई च्याम्पियन प्रतियोगीतामा फाइट गरेका राईले भक्तपुरका भिम्पा तामाङलाई नोकआउट हानेका थिए । ।

    विगत ७ वर्षदेखि मुआथाई खेल्न सुरु गरेका राईले गोर्खाली मुआथाई क्लव, सुकेधारामा प्रशिक्षण लिँदै आएका छन् । प्रबिणले हालसम्म खेलेका एक दर्जन प्रतियोगीतामध्ये सबै खेलमा विजय हासिल गरेको रेकर्ड रहेको गोर्खाली मुआथाई क्लवका अध्यक्ष बिशन राईले बताए ।

    सम्बन्धित समाचार