Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत

    खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत


    • आइतवार, आश्विन १४ २०८०

    • नेपाल वाइड


    खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत
    सांकेतिक तस्बिर

    खोटाङ, १४ असोज । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बालिका बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

    मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

    घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।

    बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचार गरेर अन्यत्र रेफर गरेपछि बालिकालाई रातारात उदयपुर लगिएको दिप्लुङका वडाध्यक्ष सागर राईले बताए ।

    वडाध्यक्ष राईका अनुसार अभियुक्तको नागरिकतामा भने दिपक नाम उल्लेख छ । बालिका चिच्याएपछि आफन्तले घटनाका बारेमा जानकारी पाएका थिए ।

    अस्पताल पुर्‍याएपछि बालिकाको रक्तश्राव रोकिएको प्रहरीले जनाएको छ । अभियुक्त पक्राउका लागि इलाका प्रहरी कार्यालय चिसापानीबाट असईको नेतृत्वमा प्रहरी खटिएको थियो ।

    सम्बन्धित समाचार