Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गोरु काट्नमा संलग्न स्थानीयको रिहाइको माग गर्दै दिक्तेलबजारमा प्रदर्शन

    गोरु काट्नमा संलग्न स्थानीयको रिहाइको माग गर्दै दिक्तेलबजारमा प्रदर्शन


    • आइतवार, आश्विन १४ २०८०

    • नेपाल वाइड


    गोरु काट्नमा संलग्न स्थानीयको रिहाइको माग गर्दै दिक्तेलबजारमा प्रदर्शन
    मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले दिक्तेलबजारको किरातचोकको सडकमा टायर बालेर गरेको बिरोध प्रदर्शन ।

    खोटाङ, १४ असोज । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले खोटाङमा गोरु काटेर भोज खान/खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका स्थानीयको रिहाइको माग गर्दै प्रदर्शन गरेको छ ।

    गत असोज ८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको मसानेडाँडामा गोरु काटेर भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनाको रिहाइको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले आइतबार साँझ दिक्तेलबजारको किरातचोक सडकमा टायर बालेर बिरोध प्रदर्शन गरेको हो ।

    मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको अभियोगमा पक्राउ परेका जालपाका तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङको रिहाइको माग गरेको हो ।

    प्रहरी र प्रशासनले साँस्कृतिक आन्दोलन अन्तरगत गोरु काटेर भोज खुवाएका साँस्कृतिक अभियान्तालाई रिहा गर्न आलटाल गरेका कारण बिरोध प्रदर्शन गरिएको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका केन्द्रीय सदस्य आरएन मंगोलले बताए ।

    मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका नेता तथा कार्यकर्ताले टायर बालेर नाराबाजी गरेका थिए । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका कार्यकर्ताले बालेको टायर प्रहरीले निभाएको थियो ।

    धर्म निरपेक्ष घोषित मुलुकमा साँस्कृतिक परम्परा अनुसार गोरु काट्ने स्थानीयलाई गिरफ्तार गरेकाले बिरोधमा उत्रनु गरेको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका प्रदेशसभा सचिव रुपेन्द्र तामाङले बताए ।

    eafdf.jpg

    मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले दिक्तेलबजारको किरातचोकको सडकमा टायर बालेर गरेको बिरोध प्रदर्शन ।

    गोरु काट्नमा संलग्न स्थानीयको बिनाशर्त रिहाइको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीको नेतृत्वमा असोज १० गते पनि दिक्तेलबजारमा बिरोध प्रदर्शन गरिएको थियो ।

    संविधान र मुलुकी ऐन संशोधनका लागि दवाव सिर्जना गर्न गोरु काटेर साँस्कृतिक क्रान्ती सुरु गरिएको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले जनाएको छ ।

    खोटाङका डिएसपी पुरुषोत्तम खड्काले भने गोरु काट्न कानूनमा बर्जित गरिएकाले चार जनालाई पक्राउ गरिएको बताए । प्रहरीले गोरु काट्न नेतृत्व गर्नेभन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै आलोचना भइरहेको छ ।

    सम्बन्धित समाचार