Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एमाले प्रदेश कमिटिको उप–सचिवमा देवान राई निर्वाचित

    एमाले प्रदेश कमिटिको उप–सचिवमा देवान राई निर्वाचित


    • मंगलवार, आश्विन १६ २०८०

    • नेपाल वाइड


    एमाले प्रदेश कमिटिको उप–सचिवमा देवान राई निर्वाचित
    एमाले नेता देवान राई ।

    खोटाङ, १५ असोज । नेकपा एमाले प्रदेश कमिटिको उप–सचिवमा खोटाङका नेता देवान राई निर्वाचित भएका छन् । बिराटनगरमा सम्पन्न प्रदेश अधिबेसन अन्तरगत भएको निर्वाचन परिणाम अनुसार राई ६१० मत पाएर प्रदेश कमिटिको उप–सचिवमा विजयी भएका हुन् ।

    सोमबार राती घोषित मत परिणाम अनुसार राई २१३ मतको मतान्तरमा विजयी भएका हुन् । उनी प्रदेश अध्यक्षका उम्मेदवार घनश्याम खतिवडाको टिमबाट उप–सचिवमा उठेका थिए ।

    २०४६ देखि राजनीतिमा लागेका राई एमाले प्रदेश कमिटि सदस्य एबं स्वास्थ्य बिभाग प्रमुखको जिम्मेवारीमा थिए । यस्तै, खोटाङका ओमप्रकाश घिमिरे लेखा आयोगको सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।

    प्रदेश कमिटि सदस्यमा खडेन्द्र राई, बिणादेबी राई, चर्चबहादुर बिक, कमल बुढाथोकी, प्रभातबिक्रम कट्वाल, राजन ढकाल, सुनिल राई, दिलकुमारी राई र पुष्पकला भुजेल निर्विरोध निर्वाचित भएका छन् ।

    gfdg.jpg

    प्रदेश कमिटि सदस्यमा निर्वाचित एमालेका नेताहरु तस्बिर सामाजिक सञ्जाल ।

    सम्बन्धित समाचार