Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा स्वदेसी तथा विदेशी चित्रकारको भव्य स्वागत (फोटो फिचर)

    दिक्तेलमा स्वदेसी तथा विदेशी चित्रकारको भव्य स्वागत (फोटो फिचर)


    • बुधवार, आश्विन १७ २०८०

    • नेपाल वाइड


    दिक्तेलमा स्वदेसी तथा विदेशी चित्रकारको भव्य स्वागत (फोटो फिचर)
    दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का लागि खोटाङ आई पुगेका स्वदेश तथा विदेशका कलाकारहरु । तस्बीर: सचिन वास्तोला

    खोटाङ, १७ अशोज । खोटाङको दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा आएका स्वदेश तथा विदेशका कलाकारलाई भव्यरुपमा स्वागत गरिएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा नेपाल सहित १४ देशका कलाकार दिक्तेल आइपुगेका छन् ।

    बुधबार स्वदेशी तथा विदेशी कलाकारको भव्य स्वागत गरिएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ आयोजना गरिएको हो ।

    खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए ।

    लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी अन्तरगत स्वदेशका १७ जना र विदेशका २० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।

    3.jpg

    2.jpg

    4.jpg

    5.jpg

    6.jpg

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    7.jpg

    8.jpg

    9.jpg

    10.jpg

    11.jpg

    12.jpg

    13.jpg

    दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा आएका स्वदेश तथा विदेशका कलाकारहरु । तस्बीरुहरुः सचिन बास्तोला

    dff.jpg

    9.jpg

    10.jpg

    11.jpg

    12.jpg

    13.jpg

    14.jpg

    15.jpg

    16.jpg

    17.jpg

    18.jpg

    19.jpg

    20.jpg

    21.jpg

    22.jpg

    23.jpg

    दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा आएका स्वदेश तथा विदेशका कलाकारलाई स्वागत गरिदै । तस्बीरुहरु: दमन राई

    सम्बन्धित समाचार