बुधवार, आश्विन १७ २०८०
नेपाल वाइड
खोटाङ, १७ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवेदार चरिबहादुर राईको निधन भएको छ । ६३ वर्षको उमेरमा निधन भएका सुवेदार राईलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको छ ।
२०१७ बैसाख १० गते जन्मिएका राईको क्यान्सरका कारण असोज १५ गते मृत्यु भएको हो । राईको जन्मथलो लफ्याङमा असोज १६ गते दाहसंस्कार गर्नेक्रममा सलामी अर्पणका लागि सेनाको टुकडी पुगेको थियो ।
२०४१ बैसाख १० गते नयाँ श्रीनाथ गणमा भर्ना भएका राईले २०७२ बैसाख २ गते अवकास पाएका थिए । राई धेरैजसो समय इटहरीमा बिताउँदै आएका थिए । उनी जिल्ला समन्वय समिति खोटाङका निवर्तमान प्रमुख बबी चाम्लिङका सहोदर दाजु हुन् ।

