Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लाईभ पेन्टिङमा स्वदेसी तथा विदेशी चित्रकार (फोटो फिचर)

    लाईभ पेन्टिङमा स्वदेसी तथा विदेशी चित्रकार (फोटो फिचर)


    • शुक्रवार, आश्विन १९ २०८०

    • नेपाल वाइड


    लाईभ पेन्टिङमा स्वदेसी तथा विदेशी चित्रकार (फोटो फिचर)
    शुक्रबार खोटाङको दिक्तेल बजारमा लाईभ पेन्टिङ गर्दै स्वदेसी तथा विदेसी चित्रकार । तस्बिरः दमन राई

    खोटाङ, १९ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा सहभागी हुन आएका स्वदेसी तथा बिदेसी चित्रकारले शुक्रबार दिक्तेलका विभिन्न ठाउँबाट लाईभ पेन्टिङ गरेर चित्र कोरेका छन् ।

    असोज १७ गतेदेखि असोज २१ गतेसम्म सञ्चालन हुने चित्रकला कार्यशाला तथा प्रदर्शनीमा स्वदेशका १७ जना र विदेशका २० जना चित्रकार दिक्तेल पुगेका छन् ।

    जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ । तस्बीरुहरुः दमन राई

    live drawing at diktel (i).jpg

    live drawing at diktel (iii).jpg

    live drawing at diktel (v).jpg

    live drawing at diktel (ii).jpg

    live drawing at diktel (iv).jpg

    live drawing at diktel (vii).jpg

    सम्बन्धित समाचार