Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङमा कार्यरत स्थानीय तहका कर्मचारीद्धारा अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द

    खोटेहाङमा कार्यरत स्थानीय तहका कर्मचारीद्धारा अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द


    • शुक्रवार, आश्विन १९ २०८०

    • नेपाल वाइड


    खोटेहाङमा कार्यरत स्थानीय तहका कर्मचारीद्धारा अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द
    गाउँपालिका अध्यक्ष उदिमबहादुर राईलाई ज्ञापन–पत्र बुझाउँदै ।

    खोटाङ, १९ असोज । खोटाङको खोटेहाङ गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीले अत्यावश्यक वाहेकका सेवा प्रवाह बन्द गरेको छ । स्थानीय तहमा कार्यरत कर्मचारीले स्थानीय तह कर्मचारी संघर्ष समितिको अगुवाईमा शुक्रबार गाउँपालिका अध्यक्ष उदिमबहादुर राई र प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलाई ज्ञापन–पत्र बुझाउँदै गाउँपालिकाको अत्यावश्यक वाहेकका सेवा अनिश्चितकालिन बन्द गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

    स्थानीय तह कर्मचारी संघर्ष समितिका संयोजक योगेश श्रेष्ठले बुझाएको ज्ञापन–पत्रमा केन्द्रिय संघर्ष समितिले तय गरेको तालिका अनुसार शुक्रबारदेखि गाउँपालिका र सो अन्तर्गतका कार्यालयमा अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने, अनिश्चितकालिन पेन डाउन गर्ने निर्णय गरेको उल्लेख छ ।

    नेपाल सरकार मन्त्री परिषदको भदौ १ गते बसेको बैठकले संघीय संसदमा पेश गर्ने निर्णय गरेको संघीय निजामति सेवा विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुको सेवा सुरक्षा, वृत्ति बिकास लगायका विषयमा अस्पष्टता भएको भन्दै स्थानीय तहका कर्मचारीले ‘प्रशासनिक संघीयताको पूर्ण कार्यान्वयनको आधार, तिन तहकै कर्मचारीहरुको समान अधिकार’ भन्ने मूल नाराका देशभर विरोध प्रदर्शन गरिरहेका छन् ।

    सम्बन्धित समाचार