Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्पन्न

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्पन्न


    • शनिवार, आश्विन २० २०८०

    • नेपाल वाइड


    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्पन्न
    ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ समापनका अबशरमा तस्बिर खिचाउदै स्वदेशी तथा विदेशी चित्रकारहरु । तस्बिरः दमन राई

    खोटाङ, २० असोज । प्रतिकूल मौसमका वावजुद खोटाङमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ सम्पन्न भएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको पाँच दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी शनिबार सम्पन्न भएको हो ।

    जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले असोज १७ गतेदेखि चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी सुरु भएको थियो ।

    स्वदेसी तथा विदेसी चित्रकारले तयार पारेका लाइभ पेन्टिङ तथा जिल्लाका विभिन्न विद्यालयका छात्र/छात्राले तयार पारेको चित्रकला प्रदर्शन, स्थानीय परिकारको स्टल, सांगीतिक कार्यक्रम गर्दै ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ समापन गरिएको हो ।

    सरस्वती माबिको प्रांगणमा आयोजित कार्यक्रम युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको प्रमुख आतिथ्यतामा समापन गरिएको हो । सहभागीले विद्यालयको पर्खालमा झुण्ड्याइएका चित्र अवलोकन गरेका थिए ।

    कार्यक्रमको अन्तिममा चर्चित गायक एबं नगरदूत राजेश पायल राईले दर्शक नचाएका थिए । चित्रकला तथा प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार आएका थिए ।

    १८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर क्यान्भासमा उतारेका थिए । कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही समयपछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको मेयर तीर्थराज भट्टराईले बताए ।

    वर्षाका कारण ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’लाई प्रत्यक्ष अशर पुर्‍याएको थियो । नगरपालिकाले पत्रकार सम्मेलनमा कार्यक्रमका दौरान १८ लाख खर्च गर्ने जानकारी दिएको थियो । कतिपयले भने उपलव्धी विहिन क्षेत्रमा खर्च गरेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् । 

    ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ समापनका तस्बिरहरु । तस्बिरः दमन राई

    11.jpg

    12.jpg

    115.jpg

    14.jpg

    8.jpg

    6.jpg

    er.jpg

    dfa.jpg

    okkk.jpg

    rrr.jpg

    सम्बन्धित समाचार