Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विद्युतीय अपराध सम्वन्धी कसुरमा गिरी पक्राउ

    विद्युतीय अपराध सम्वन्धी कसुरमा गिरी पक्राउ


    • आइतवार, आश्विन २१ २०८०

    • नेपाल वाइड


    विद्युतीय अपराध सम्वन्धी कसुरमा गिरी पक्राउ

    खोटाङ, २१ असोज । विद्युतीय अपराध सम्वन्धी कसुरमा खोटाङका एक सञ्चारकर्मी पक्राउ परेका छन् । सामाजिक सञ्जालमा अरु विरुद्ध मनपरी लेखेको उजुरीका आधारमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका सञ्चारकर्मी मनोज गिरीलाई पक्राउ गरेको हो ।

    महादेवस्थानकै एलोन राईले दिएको जाहेरीका आधारमा गिरीलाई शनिबार काठमाडौंको धापाखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।

    सामाजिक सञ्जालमा महिलाको मान मर्दन हुनेगरी स्टाटस लेखेको भन्दै राईले गिरी विरुद्ध गत भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । गिरी विरुद्ध भदौ २२ गते जाहेरी दर्ता भएको थियो ।

    काठमाडौंबाट दिक्तेल ल्याइएका गिरी विरुद्ध आइतबार चार दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । केही समयअघि अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गर्न गएको ईलाका प्रहरी कार्यालय हलेसीको प्रहरीलाई आफन्तले अवरोध गरेर फर्काएको थियो ।

    गिरीले साउन २० गते एकल महिलाको प्रतिष्ठामा आँच पुग्ने स्टाटस लेखेको जाहेरीमा उल्लेख छ । गिरीमाथि पत्रकारिताको नाममा फेसबुकमा अरु विरुद्ध जथाभावी लेख्ने, फोन तथा भिडियो कल रेकर्ड गरेर सामाजिक सञ्जालमा राख्दै व्यक्तिको चरित्र हत्या गर्ने, होच्याउने, मानमर्दन गर्ने गरेको आरोप छ ।

    उनी हलेसीपाटी डटकमका सञ्चालक हुन् । गिरीले सोही स्थानका कुभेशचन्द्र गिरीको स्नातक तहको प्रमाण–पत्रको फोटोकपीमा फोटोसपमार्फत आफ्नो नाम लेखेर प्रयोग गरेकोमा किर्ते जालसाजी मुद्धा अन्तरगत जिल्ला अदालत खोटाङबाट २०७९ माघ १९ गते दोषी ठहर भइ २० दिन कैद र तीन हजार जरिवाना सजाय भोगिसकेका छन् ।

    सम्बन्धित समाचार