Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आठ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ

    आठ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ


    • सोमवार, आश्विन २२ २०८०

    • नेपाल वाइड


    आठ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ
    सांकेतिक तस्बिर

    खोटाङ, २२ असोज । खोटाङमा आठ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । गोठालो गएकी आठ वर्षीय बालिकालाई करणी गर्ने प्रयास गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका २० वर्षीय शिव श्रेष्ठ पक्राउ परेका हुन् ।

    असोज २० गते हजुरमासँग गोठालो गएकी बालिकालाई अमला टिप्न जाँदा बलात्कार प्रयास गरेको भन्दै उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक बेनु कार्कीले बताए ।

    प्रहरीले भने आरोपित युवाको नाम गोप्य राखेको छ । घटनाकै दिन पक्राउ परेका श्रेष्ठ विरुद्ध मुद्धा दर्ता गरेर म्याद थप प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ । आफन्तका अनुसार गोठालो गएकी बालिकाले जंगलमा हजुरमासँग अमला टिपीमागेकी थिईन् ।

    आफु रुख चढ्न नसक्ने भएका कारण बालिकाकी हजुरमाले आरोपित युवालाई अमला झारिदिन आग्रह गरेकी थिईन् । त्यसपछि बालिका लिएर अमला झार्न गएकाबेला श्रेष्ठबाट यौन दुव्र्यवहार भएको हो ।

    अमला टिप्न गएको १०/१५ मिनेटसम्म नफर्किएपछि हजुरमाले बोलाएपछि बालिका बलात्कार हुनबाट जोगिएको आफन्तले बताएका छन् । कपडा खोलीसकेको बेला हजुरमाले बोलाएपछि आरोपित युवा यौन दुव्र्यवहारबाट पछि हटेको खुलेको छ । ‘थरथर’ काम्दै घर पुगेकी बालिकाले आफ्नो आमालाई भनेपछि घटना बाहिरिएको हो ।

    सम्बन्धित समाचार