Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङमा शिक्षक कर्मचारीको तलव सोझै खातामा जम्मा

    हलेसी तुवाचुङमा शिक्षक कर्मचारीको तलव सोझै खातामा जम्मा


    • बुधवार, आश्विन २४ २०८०

    • नेपाल वाइड


    हलेसी तुवाचुङमा शिक्षक कर्मचारीको तलव सोझै खातामा जम्मा
    हलेसी तुवाचुङ नगरपालिका खोटाङ ।

    खोटाङ, २४ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शिक्षक कर्मचारीको तलव सोझै बैंक खातामा जम्मा गरिदिन सुरु गरेको छ । हालसम्म विद्यालयको खातामा शिक्षकको तलव जम्मा गरिदिदै आएको नगरपालिकाले सम्वन्धित शिक्षक तथा कर्मचारीको खातामा तलव जम्मा गरिदिन सुरु गरेको हो ।

    विद्यालय तथा शिक्षक कर्मचारीको सहजताका लागि सम्बन्धित व्यक्तिको खातामा तलब जम्मा गर्न सुरु गरिएको नगरपालिकाका सामाजिक विकास समिति संयोजक रुद्रकुमार राईले बताए । नगरपालिका भरिका ९० वटा सामुदायिक विद्यालयमा कार्यरत पाँच सय शिक्षक तथा कर्मचारीको खातामा साउन, भदौ र असोज महिनाको तलब सम्वन्धित व्यक्तिको खातामा जम्मा गरिसकिएको छ ।

    नगरपालिकामा ५० जना माबि तहका, ३९ जना निमाबि तहका, २१२ जना प्रावि तहका, नौ जना प्राविधिक शिक्षा प्रशिक्षक, १५ जना नगर शिक्षक, १७ जना शिक्षण सिकाई अनुदानका, ५६ जना बालविकास सहजकर्ता, १२ जना लेखा कर्मचारी र ९० जना कार्यालय सहयोगी कार्यरत छन् ।

    सोझै सम्बन्धित शिक्षक र कर्मचारीको खातामा तलव जम्मा हुन थालेपछि प्रध्यानाध्यापकलाई तलब बैंकबाट निकालेर बाँडेर दिइरहनुपर्ने झन्झट हटेको छ । हालसम्म शिक्षक कर्मचारीलाई तीन÷तीन महिनामा तलब दिने गरिएकामा प्रत्येक महिना तलव खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको नगर शिक्षा शाखा संयोजक पदमबहादुर कार्कीले बताए ।

    नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ लाई शैक्षिक सुधार र पूर्वधार विकास वर्षकोरुपमा लिएको छ । जिल्लाको १० स्थानीय तहमध्ये ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकाले यसअघि नै शिक्षक कर्मचारीलाई सम्वन्धित व्यक्तिको खातामा तलव जम्मा गरिदिने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको छ ।

    सम्बन्धित समाचार