Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    खोटाङमा समाजवादी मोर्चा संयोजन समिति घोषणा, अध्यक्षमा जसपाका खम्बू

    खोटाङमा समाजवादी मोर्चा संयोजन समिति घोषणा, अध्यक्षमा जसपाका खम्बू


    • शुक्रवार, आश्विन २६ २०८०

    • नेपाल वाइड


    खोटाङमा समाजवादी मोर्चा संयोजन समिति घोषणा, अध्यक्षमा जसपाका खम्बू
    समाजवादी मोर्चा नेपाल संयोजन समिति, खोटाङमा आवद्ध नेताहरु । तस्बीरः दमन राई

    खोटाङ, २६ असोज । खोटाङमा समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गरिएको छ । जिल्ला समन्वय समितिको समिक्षालय हलमा शुक्रबार आयोजना गरिएको सन्देशसभा कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गरेका हुन् ।

    चेम्जोङले जनता समाजवादीका अध्यक्ष पिके खम्बू संयोजक रहेको समाजवादी मोर्चा नेपालको संयोजन समिति घोषणा गरेका हुन् । समाजवादी मोर्चा नेपालको संयोजन समिति सदस्यमा नेकपा माओवादी केन्द्रबाट दिपक पाण्डे र जीवन राई, नेकपा (एकीकृत समाजवादी)बाट जलसेर राई र दधी श्रेष्ठ, जनता समाजवादीबाट खम्बू र निर्मल राई, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट सञ्जिव मगर ‘सि’ र सुदिप खत्री ‘सि’ चयन भएका छन् ।

    daer.jpg

    आलोपालोमा प्रत्येक छ महिनामा नेतृत्व परिवर्तन गर्नेगरी जिल्लामा समाजवादी मोर्चा नेपालको संयोजन समिति गठन गरिएको हो । मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरुको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न सचिवालय बनाइने जानकारी दिइएको छ । जिल्लामा समाजवादी मोर्चामा आवद्ध चार दल छन् ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) अध्यक्ष राईले मोर्चाको अवधारणामार्फत मोर्चाको आवश्यकता, उद्धेश्य, महत्व र नीतिगत प्रतिवद्धताका बारेमा प्रकाश पारेका थिए ।

    कार्यक्रमलाई जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य चेम्जोङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री राजन राई र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लप समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी शैलेश ‘सी’ले सम्बोधन गरेका छन् ।

    सम्बन्धित समाचार