Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शान्ति सेनामा कार्यरत भूपजित राईको कंगोमा निधन

    शान्ति सेनामा कार्यरत भूपजित राईको कंगोमा निधन


    • शुक्रवार, आश्विन २६ २०८०

    • नेपाल वाइड


    शान्ति सेनामा कार्यरत भूपजित राईको कंगोमा निधन
    सांकेतिक तस्बिर

    खोटाङ, २६ असोज । कंगोमा शान्ति सेनामा कार्यरत खोटाङ बराहपोखरी गाउँपालिका–४ फाक्टाङ ठेगाना भएका प्युठ भूपजित राईको निधन भएको छ ।

    संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कंगोमा २९औँ डफ्फामा तैनाथ राईको बिरामीका कारण निधन भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    ट्याक्टिकल अपरेशन बेस जिनामा कार्यरत रहेकोबेला बिरामी भएका प्युठ राईको बुनियामा रहेको अस्पतालमा उपचारका क्रममा निधन भएको हो । साबिकको फाक्टाङ–८ मासिङ्टार ठेगाना भएका राईको परिवार २०५२ सालदेखि नै उदयपुरको गाईघाटमा बस्दै आएका छन् ।

    गाईघाट बसाई सरे पनि फाक्टाङबाट नागरिकता बनाएका कारण राईको ठेगाना खोटाङ उल्लेख भएको फाक्टाङका वडाध्यक्ष सन्तोष आचार्यले बताए । राईको शव ल्याउन आवश्यक समन्वय भइरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    सम्बन्धित समाचार