Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा प्रेस चौतारीको शुभकामना आदान प्रदान

    खोटाङमा प्रेस चौतारीको शुभकामना आदान प्रदान


    • बिहिवार, कार्तिक २ २०८०

    • नेपाल वाइड


    खोटाङमा प्रेस चौतारीको शुभकामना आदान प्रदान
    प्रेस चौतारी नेपाल खोटाङद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रम ।

    खोटाङ, २ कात्तिक । दशैं, तिहार र छठको अवसरमा प्रेस चौतारी नेपाल खोटाङले शुभकामना आदान प्रदान गरेको छ । जिल्लाका क्रियासिल पत्रकारलाई सहभागी गराएर प्रेस चौतारीले बिहिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

    हलेसी न्युज नेटवर्कको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी पत्रकारहरुले व्यवसायीक पत्रकारिताका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ शाखाका अध्यक्ष दिलीप खत्रीले पत्रकारितालाई व्यवसायीक, मर्यादित र तटस्थ बनाउँदै स्वरोजगार मिडियाको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

    पत्रकारहरुले संघीय सरकारले सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन उपलव्ध गराइरहेको भए पनि धेरैजसो स्थानीय सरकारले भने स्थानीय मिडियाको प्रवर्द्धनमा ध्यान नदिएको चर्चा गरेका छन् ।

    विज्ञापन दर र प्रकाशन गरेको अवधिको आधारमा स्थानीय मिडियाले अधिकांश स्थानीय तहबाट कम भुक्तानी पाइरहेको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हरिबोल आचार्यले बताए ।

    “मिडियाले लाखौं लिएको भनेर मात्र हेर्नु भएन, हाम्रो विज्ञापन रेट र प्रकाशन गरेको अवधिलाई पनि हेरिदिन पर्‍यो,” आचार्यले भने, “विज्ञापनको रेट महंगै पर्छ । मिडियाको विज्ञापन रेट र प्रकाशन गरेको आधारमा भुक्तानी भएकै छैन । विज्ञापन बुझ्नेलाई मात्र यो कुरा थाहा हुन्छ ।” प्रेस सेन्टरका केन्द्रीय सदस्य भीम राईले स्थानीय सञ्चार माध्यमलाई स्वरोजगार बनाउने सन्दर्भमा छलफल गर्न आवश्यक रहेको बताएका छन् ।

    प्रेस यूनियनका सभापति उत्तम चौंलागाईले मिडियाको विकासले मात्र अन्य क्षेत्रको विकास हुने धारणा राखेका छन् । कार्यक्रममा नेपालवाइड डटकमका सम्पादक सुर्य तामाङ, प्रेस चौतारीका प्रदेश कमिटि सदस्य लोकमणि रिजाल, प्रेस युनियनका प्रदेश सदस्य खिलन राईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार