शुक्रवार, कार्तिक १० २०८०
नेपाल वाइड
खोटाङ, १० कात्तिक । मादक पदार्थ सेवन गरेका श्रीमानको दाउराको चिर्पट प्रहारबाट खोटाङमा श्रीमतीको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा ३६ वर्षीय लाक्पा डिकु शेर्पाको मृत्यु भएको हो ।
सामान्य वादबिवादका क्रममा दावाले बिहिबार साँझ चिर्पट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
प्रहरीले लाक्पा डिकुको शव घरभन्दा करिब दुई सय मिटर टाढा रहेको गोरेटो बाटोमा फेला पारेको थियो । घटनाको जानकारी आएपछि अस्थायी प्रहरी बिट रत्नपार्क दिक्तेलबाट खटिएको प्रहरीको टोलीले दावालाई नियन्त्रणमा लिएको छ ।