सोमवार, कार्तिक १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ कात्तिक । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित तिर्पा सेवा समाजले भलिबल तथा नृत्य प्रतियोगीता गरेको छ । तिर्पा सेवा समाजले चर्चित गायीका बबिना किराती र गायक अनिल कोयीलाई उपस्थित गराएर तिर्पापोखरीमा दशैं तिहार विशेष सांगीतिक, खेल, सेवामुलक तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको हो ।
वडाभरीका आठ टिमको सहभागीता रहेको भलिबलमा साविकको लामीडाँडा–१ प्रथम, साविकको लामीडाँडा–९ दोश्रो र साविकको लामीडाँडा–२ तेश्रो भएका छन् । प्रथम, दोश्रो र तेश्रो हुने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार पाएका छन् । हाल टेक्सासमा रहेका अर्जुन केसीको प्रायोजनमा भलिबल प्रतियोगीता गरिएको हो । खेलमा एम्पायरको भूमिका आयूष मगरले निर्वाह गरेका थिए ।

यस्तै, नृत्य प्रतियोगीतामा कौशिला राई प्रथम, प्रनिशा बिश्वकर्मा दोश्रो र रेजिना चाम्लिङ राई तेश्रो भएकी छन् । नृत्यमा प्रथम, दोश्रो र तेश्रो हुने प्रतिभाले क्रमशः १० हजार, ७ हजार र ५ हजार पाएका छन् । नृत्यको प्रायोजन राजकुमार खतिवडाले गरेका हुन् । नृत्य निर्णायकको भूमिका अनिल राई, सिमा राई र सलिना भुजेललाई दिइएको समाजले जनाएको छ ।
कार्यक्रममा हाल यूएसएमा रहेका महेन्द्र घर्तीले साविकको लामीडाँडा–१ मा रहेका तीन विद्यालयमा अध्ययनरत १२५ विद्यार्थीलाई उपलव्ध गराएको झोला वितरण गरिएको छ । घर्तीले १२५ विद्यार्थीले एक/एक थानका दरले पाउनेगरी पठाइदिएको झोला तिर्पा सेवा समाजले विद्यालयलाई वितरण गरिदिएका छन् । यस्तै, सिटिएल फर्मास्युटिकल्स, काठमाडौंले आधारभुत स्वास्थ्य केन्द्र तिर्पालाई औषधि वितरण गरेको छ ।

आधारभुत स्वास्थ्य केन्द्रलाई शिबिरका लागि ७५ हजार बराबरको सुगर, प्रेसरको औषधि लगायत जनरल मेडिसिन उपलव्ध गराइएको सिटिएल फर्मास्युटिकल्सका मेडिकल सेल्स अफिसर अनोज रिजालले बताए । औषधि रावाबेँसी गाउँपालिका अध्यक्ष फटिक श्रेष्ठको हातबाट हस्तान्तरण गरिएको हो । कार्यक्रममा चर्चित गायीका किराती र गायक कोयीले सांगीतिक प्रस्तुती दिएर मनोरञ्जन गराएका थिए ।

यस्तै, यस्तै, सलिना भुजेल, सिजन मगर र स्मृति राईले नृत्य प्रस्तुत गरेका थिए । राजेन्द्र गिरी, मिना गिरी र बिनोद पुरीले मेजिक देखाएका थिए । सविन केसीको प्रयोजनामा हालिएको रोटेपिङमा स्थानीयको उत्तिकै भीड लागेको थियो । कार्यक्रम प्रदेश सांसद भूपेन्द्र राईको प्रमुख आतिथ्यता एबं तिर्पा सेवा समाजका अध्यक्ष बिनोद पुरीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका लागि काजी सरु थापा, डा। राजकुमार राई, जीवन केसी, हेम मगर, प्रकाश खतिवडा, कैलाश केसी, बिमल खतिवडा, हलेसी उर्जा प्रालि, मैयाँमेमकुल श्रेष्ठ, बिष्णु खतिवडा, राम श्रेष्ठ, बिकास केसी, भरत खतिवडा, निरोज रजौरे र बल गिरीले सह–प्रायोजन गरेका थिए । कार्यक्रम गिरीराज राना, रावाबेँसी गाउँपालिका, वडा कार्यालय लामीडाँडा, शा डान्स स्टुडियो एण्ड जुम्बा, लुप इन्स्टीच्युट प्रालि, खेल संयोजक अमोद रिजाल, बुद्धि आले मगर र जीवन पुलामी मगर र प्रबिण मगरको सहयोगमा गरिएको हो । खेलकुद तथा नृत्य प्रतियोगीतामा सहजकर्ताको भूमीका सुदीप पराजुलीले गरेका थिए ।
