Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    अनेरास्वबियु खोटाङको २४ औं जिल्ला अधिबेसन मंसिर २९ र ३० गते

    अनेरास्वबियु खोटाङको २४ औं जिल्ला अधिबेसन मंसिर २९ र ३० गते


    • मंगलवार, कार्तिक १४ २०८०

    • नेपाल वाइड


    अनेरास्वबियु खोटाङको २४ औं जिल्ला अधिबेसन मंसिर २९ र ३० गते
    पत्रकार सम्मेलनमा अनेरास्वबियुका खोटाङ इन्चार्ज मोहन संग्राम लगायत ।

    खोटाङ, १४ कात्तिक । अनेरास्वबियु खोटाङको २४ औं जिल्ला अधिबेसन आगामी मंसिर २९ र ३० गते गर्ने तयारी गरिएको छ । कात्तिक १३ गते पुष्पलाल स्मृति भवनमा बसेको जिल्ला सम्मेलन आयोजक कमिटिको पूर्ण बैठकले अधिबेसनको मिति टुंगो लगाएको हो ।

    अनेरास्वबियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा ऐसेलुखर्क बजारमा जिल्ला अधिबेसन गर्ने निर्णय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अनेरास्वबियुका खोटाङ इन्चार्ज एबं केन्द्रीय सदस्य मोहन संग्रामले जानकारी दिए ।

    अधिबेसनका लागि अनेरास्वबियुका जिल्ला संयोजक यम खड्काको संयोजकत्वमा अधिबेसन मुल आयोजक कमिटि, जिल्ला इन्चार्ज संग्रामको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, सह–संयोजक बिष्णु उपरकोटीको संयोजकत्वमा प्रचार–प्रसार उपसमिति, सुरेश प्रधानको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र अभिषेक घिमिरेको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति निर्माण गरिएको छ ।

    ‘विद्यार्थी हितमा केन्द्रित सुदृढ संगठन, नयाँ शिराबाट अवको शैक्षिक आन्दोलन’ भन्ने नारासहित हुने अधिबेसनमा जिल्लाभरीका १६८ प्रतिनिधिको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    अधिबेसन अगाडि जिल्लाका प्लस टु पढाइ भइरहेका माबि एबं दुई नगरपालिका र आठ गाउँपालिकामा संगठन निर्माण गरिने इन्चार्ज संग्रामले जानकारी दिए ।

    सम्बन्धित समाचार