मंगलवार, कार्तिक १४ २०८०
नेपाल वाइड
खोटाङ, १४ कार्तिक । ‘फूलको पहाड’मा (फोटो फिचर) खोटाङको धार्मिक तथा ऐतिहासिक स्थल मझुवागढी जाने पदमार्ग आसपासमा फुलेका फूल । ‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा पदमार्ग आसपासमा थरिथरिका फूल फुलाइएको हो ।

फूलैफूलको डाँडा बनाएर मझुवागढीलाई आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास गर्नका लागि ‘फूलको पहाड’ बनाउने योजना अघि सारिएको मेयर तीर्थराज भट्टराई बताउँछन् ।

२०७९ असार ७ गते सौन्दर्यत्मक फूलका बिरुवा रोपेर मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने महत्वकांक्षी अभियानको सुरुवात गरिएको थियो । त्यस यता सो क्षेत्रमा पटक–पटक विभिन्न थरीका फूलका बिरुवा रोप्ने गरिएको छ ।







