Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दक्षिण कोरिया रहेकी अनिलाले पठाइन् स्थानीय तह र विद्यालयलाई महाबीरको पुस्तक

    दक्षिण कोरिया रहेकी अनिलाले पठाइन् स्थानीय तह र विद्यालयलाई महाबीरको पुस्तक


    • आइतवार, कार्तिक १९ २०८०

    • नेपाल वाइड


    दक्षिण कोरिया रहेकी अनिलाले पठाइन् स्थानीय तह र विद्यालयलाई महाबीरको पुस्तक
    पुस्तक महाबिर पुन सम्झना, सपना र अविरल यात्रा र दक्षिण कोरियाबाट पुस्तक पठाइदिने अनिला राई

    खोटाङ, १९ कात्तिक । हाल दक्षिण कोरिया रहेकी खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरकी समाजसेवी अनिला राईले जिल्लाका स्थानीय तह र विद्यालयलाई महाबिर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक पठाइदिएकी छन् ।

    विगत ६ वर्षदेखि दक्षिण कोरिया रहेकी राईले राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले लेखेको पुस्तक खरिद गरेर जिल्लाका १० स्थानीय तह, १०१ वटा माबि र एक वटा आधारभुत विद्यालयको नाममा पठाइदिएकी हुन् ।

    खोटाङ सेवा समाज दक्षिण कोरियाका सह–कोषाध्यक्ष रहेकी राईले एकमुष्ट ८६ हजार २५० रुपैयाँमा पुनको ११५ थान पुस्तक खरिद गरेकी थिईन् । त्यसमध्ये स्थानीय तहको शिक्षा शाखा र विद्यालयले एक÷एक थानका दरले पाउनेगरी खोटाङ सेवा समाज दक्षिण कोरियामार्फत पुस्तक पठाइदिएकी हुन् ।

    जिल्लाका आधारभुत विद्यालयमध्ये छेराडाँडा आवि सप्तेश्वरलाई एक थान पुस्तक पठाइदिएकी छन् । खोटाङ सेवा समाज दक्षिण कोरियाले सम्वन्धित स्थानीय तह र विद्यालयमा पुस्तक पु¥याउने भूमिका निर्वाह गरिरहेको छ ।

    ‘राष्ट्रिय आबिष्कार केन्द्रलाई सहयोग पुगुन् र पुस्तक पढेर छात्रछात्राको बौद्धिक विकास होउन्’ भन्ने उद्धेश्यका साथ पुस्तक पठाइदिएको समाजसेबी राईले बताईन् । पुस्तक तिहारसम्ममा सबै स्थानीय तह र विद्यालयमा पुग्ने खोटाङ सेवा समाज दक्षिण कोरियाले जनाएको छ । पुनको पस्तक विद्यार्थीका लागि प्रेरणाको श्रोत बन्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार