Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसीबाट सल्ले जानेक्रममा ९३ वर्षीय बृद्ध बेपत्ता

    हलेसीबाट सल्ले जानेक्रममा ९३ वर्षीय बृद्ध बेपत्ता


    • सोमवार, कार्तिक २० २०८०

    • नेपाल वाइड


    हलेसीबाट सल्ले जानेक्रममा ९३ वर्षीय बृद्ध बेपत्ता
    वेपत्ता बनेका ९३ वर्षीय वृद्ध बिष्णुबहादुर राई ।

    खोटाङ, २० कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले आम्बोटेका ९३ वर्षीय वृद्ध बिष्णुबहादुर राई बेपत्ता भएका छन् । हाल उदयपुरको त्रियुगा नगरपालिका–१३ गाईघाट असारी बस्दैआएका वृद्ध राई गत कात्तिक १३ गतेदेखि बेपत्ता भएका हुन् ।

    कात्तिक १२ गते गाईघाटबाट हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी पुगेर नातिनी ज्वाइँको घरमा पाहुना बसेका बृद्ध भोलीपल्ट सल्ले जानेक्रममा बाटैबाट बेपत्ता बनेका हुन् ।

    सल्ले जानेक्रममा गैरीगुठ हुँदै बिहान ११ बजे अँधेरी खोलासम्म पुगेको जानकारी आएको तर त्यसपछि बाजे बेपत्ता बनेको नातिनी ज्वाइँ भक्तिराज राईले बताए ।

    प्रहरी र स्थानीयले दैनिक खोजी जारी राखे पनि बेपत्ता वृद्ध हालसम्म भेटिएका छैनन् । जिल्ला प्रहरी कार्यालय खोटाङले सूचना जारी गर्दै देख्ने वा भेट्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेको छ ।

    बृद्ध राई महिनामा दुई तीन पटक गाईघाटबाट सल्ले आउने जाने गर्दैआएका थिए । यसअघि नातिनी ज्वाइँले हलेसीबाट बाईक वा अटोमा सल्ले पु¥याइदिने गरेकामा यसपल्ट भने वृद्ध ‘आफै जान्छु’ भन्दै हिँडेका थिए ।

    ‘जंगलदेखि दुधकोसीसम्म पुगेर खोजी गर्‍यौं । हराएको क्षेत्रबाट चार/पाँच किलोमिटर आसपासमा खोजी गरिरहेका छौँ,’ राईले भने, ‘प्रहरीले पनि आफ्नै तरिकाले खोजी गरिरहेको छ तर अहिलेसम्म अत्तोपत्तो लागेको छैन । चिनोचपेटो भेटिएको छैन ।’

    सम्बन्धित समाचार