मंगलवार, कार्तिक २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ कात्तिक । तिहार नजिकिदै गर्दा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम फाउण्डेसनले फूलाएको फूल । फाउण्डेसनले बिउ र फूलका लागि पाँच रोपनी जग्गामा स्थानीय जातको सयपत्री फूलको खेती लगाएको छ ।
बारीका कान्लामा ढकमक्क फूल फुलेपछि टिकटक बनाउने र फोटो खिच्नेको भीड लाग्ने गरेको छ । उत्पादित फूल बीउका लागि उपयोग गर्नुका साथै मालाका लागि विक्री भइरहेको फाउण्डेसनका कार्यकारी निर्देशक सुर्य राईले बताए ।
जीवनोपयोगी शिक्षाको अभ्यास गराउँदै आएको फाउण्डेसनले आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘डेकोरेटिभ अर्गानिक टुरिजम फार्म’को अवधारणा अन्तरगत फूल खेती लगाएको हो ।







तस्बीरहरुः दमन राई