Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका तीन कराते खेलाडी राष्ट्रिय टिममा पर्न सफल

    खोटाङका तीन कराते खेलाडी राष्ट्रिय टिममा पर्न सफल


    • शनिवार, कार्तिक २५ २०८०

    • नेपाल वाइड


    खोटाङका तीन कराते खेलाडी राष्ट्रिय टिममा पर्न सफल
    राष्ट्रिय टिममा पर्न सफल खेलाडीहरु पुरुष कुमितेतर्फ ५५ केजी तौल समुहमा हलेसीका दिपेश राई र ७५ केजी तौल समुहमा जालपाका रुरीहाङ राई र महिला कुमितेतर्फ ६८ केजी तौल समुहमा पाथेकाकी युमासाम राई प्रशिक्षक मोतीचन्द्र राईको साथमा ।

    खोटाङ, २५ कात्तिक । खोटाङका तीन जना सितोरियो कराते खेलाडी राष्ट्रिय टिममा पर्न सफल भएका छन् । नेपाल सितोरियो कराते महासंघले काठ्माडौंमा आयोजना गरेको ५५ औं राष्ट्रिय कराते प्रतियोगीता नेशनल टिम सेलेक्सन गेमबाट पुरुष कुमितेतर्फ ५५ केजी तौल समुहमा हलेसीका दिपेश राई र ७५ केजी तौल समुहमा जालपाका रुरीहाङ राई राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।

    यस्तै, महिला कुमितेतर्फ ६८ केजी तौल समुहमा पाथेकाकी युमासाम राई राष्ट्रिय टिमका लागि छनौट भएकी छन् । उपेक्षाका बावजुद जिल्लाका तीन खेलाडीले पहिलोपल्ट नेशनल टिममा छनौट भएर इतिहास रचेको नेपाल सितोरियो कराते महासंघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।

    राष्ट्रिय टिममा पर्न सफल खेलाडीहरुले आगामी मंसिर १२ गतेदेखि मंसिर १७ गतेसम्म काठ्माडौंमा हुने सातौं साउथ एसियन कराते च्याम्पियनसीप र सन् २०२४ मा थाइल्याण्डमा हुने छैठौं एसियन इन्डोर मार्सल आर्टस् प्रतियोगीतामा सहभागी हुन पाउने छन् ।

    सातौं साउथ एसियन कराते च्याम्पियनसीप प्रतियोगीता नेपालमा पहिलोपल्ट हुन लागेको हो । केन्द्रीय सदस्य राईका अनुसार यस अघिसम्म जिल्लाका सितोरियो कराते खेलाडी ‘क्लोज क्याम्प’मा परे पनि राष्ट्रिय टिममा पर्न सकेका थिएनन् ।

    उपविजेता भए पनि केही समयअघि रुरीहाङले इन्डोनेसियामा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगीतामा सहभागी हुने अवशर पाएका थिए । ‘यो खोटाङले पाएको अहिलेसम्मकै सबैभन्दा ठूलो उपलव्धी हो,’ राईले भने, ‘जिल्लाका स्थानीय सरकारले अपेक्षित सहयोग नगर्दा पनि करातेमा यत्तीको उपलव्धी भएको छ । स्थानीय सरकारको साथ र सहयोग मिल्ने हो भने योभन्दा राम्रो उपलव्धी प्राप्त गर्न सकिन्छ ।’

    सम्बन्धित समाचार