शनिवार, मंसिर २ २०८०
नेपाल वाइड
खोटाङ, २ मंसिर । खोटाङको रावाबेँसी गाउँपालिकामा सात वर्षीय बालिका काकाबाटै करणीमा परेकी छन् । नातामा काका पर्ने १५ वर्षीय किशोरले गत बुधबार राती बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरिक्षक टीका बरालले जानकारी दिए । घरमा कोही नभएको मौका पारेर अभियुक्तले बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ ।