Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर सरकारी जागीर खाने खड्का जेल चलान

    शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर सरकारी जागीर खाने खड्का जेल चलान


    • शनिवार, मंसिर २ २०८०

    • नेपाल वाइड


    शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर सरकारी जागीर खाने खड्का जेल चलान
    सांकेतिक तस्बिर

    खोटाङ, २ मंसिर । खोटाङमा शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर प्रयोग गरेको कसुरमा दोषी ठहर भए पनि फरार बनेका प्रतिवादी पक्राउ परेका छन् ।

    शैक्षिक योग्यताको नक्कली एवं झुटो प्रमाण–पत्र प्रयोग गरेर सरकारी जागीर खाएको मुद्धामा दोषी ठहर भइ आठ वर्षदेखि फरार रहेका बराहपोखरी गाउँपालिका–३ साउनेचौंरका कर्णबहादुर खड्का पक्राउ परेका छन् ।

    शैक्षिक योग्यताको झुटो एवं नक्कली प्रमाण–पत्र पेश गरी सरकारी जागीर खाएर भ्रष्टाचार गरेको मुद्धामा विशेष अदालतले २०७२ पुस २७ गते ६ महिना कैंद र १० हजार जरिवाना हुने ठहर गरेपछि फरार रहेका खड्कालाई इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    नक्कली प्रमाण–पत्र प्रयोगमा दोषी ठहर भए पनि हालसम्म फरार रहेका खड्कालाई उदयपुरको त्रियुगा नगरपालिका–११ गाइघाटबाट कात्तिक ३० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    प्रतिवादी खड्कालाई मंसिर १ गते जिल्ला अदालतमा पेश गरिएकोमा कैंद भुक्तानको लागि सोही दिन जिल्ला कारागार दिक्तेल चलान गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृत भिमप्रसाद दाहालको जाहेरीले खड्का शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर प्रयोग गरेको कसुरमा दोषी ठहर भएका थिए ।

    शैक्षिक योग्यताको नक्कली प्रमाण–पत्र बनाएर प्रयोग गरेको भन्दै जाहेरी परेपछि खड्का स्वतः निलम्वनमा परेका थिए । जिल्ला प्रहरी कार्यालयले यस आर्थिक वर्ष फैसला कार्यान्वयनतर्फ नौ र चालु मुद्धातर्फ ६ गरी १५ फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

    सम्बन्धित समाचार