Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    गरे के हुन्न !

    होटलमै मौरी पालन

    होटलमै मौरी पालन


    • शुक्रवार, मंसिर ८ २०८०

    • नेपाल वाइड


    होटलमै मौरी पालन
    राजेश राई मौरीको मह निकाल्ने तयारी गर्दै । तस्बिरः दमन राई ।

    खोटाङ, ८ मंसिर । गरे के हुन्न ! खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका होटल व्यवसायी राजेश राईले होटलमै मौरी पालन गरेका छन् । बिदेशबाट फर्किएर गाउँमा अगुवा कृषकको परिचय बनाएका राईले त्रि–धार्मिकस्थल हलेसीमा आफ्नै होटल तुवाचुङ एण्ड लजमा आधुनिक घार राखेर मौरी पालन गरेका हुन् ।

    मध्यपहाडी लोकमार्गकै छेउमा रहेको होटलको छत, बार्दली, प्यासेज र पेटीमै घार राखेर मौरी पालन गरिएको छ । आफुलाई ‘किसान’ भन्न रुचाउने राईले विगत तीन वर्ष अघिदेखि होटलको बचेखुचेको खाली ठाउँमा घार राखेर मौरी पालन सुरु गरेका हुन् । हाल ३० घार मौरी पालन गरिरहेको राईले बताए । उनले केही घार मौरी गाउँमै राखेका छन् ।

    कृषिमा क्रान्ती गर्ने सोच सहित बिदेशबाट घर फर्किएका राईले मौरी पालन सम्वन्धी ज्ञान लिन काठमाडौं इसिमोडदेखि गोदावरी धाए । घार बनाउने, मौरीको हेरचाह गर्ने, मह निकाल्ने लगायतका ज्ञान लिएर फर्केपछि उनले होटलमै मौरी पालन सुरु गरेका हुन् ।

    हाल होटलमा आएका ग्राहकलाई सेवा दिएपछि मिलेको फुर्सदको समयमा उनले मौरीको हेरचाह गर्नेगरेका छन् । ‘यो तीन वर्षदेखिको ट्रायल हो । अहिलेसम्मको नतिजा हेर्दा मौरीबाट राम्रै हुन्छ भन्ने देखाइरहेको छ,’ राईले भने, ‘चिउरी, बाक्लो जंगल वा चिस्यानी भएको ठाउँमा २०/२५ घर मौरी सहजै पालन गर्न सकिन्छ । इच्छा छ भने बचेखुचेको ठाउँमा पनि मौरी राख्न सकिन्छ ।’

    1.jpg

    उनले स्थानीय सिकर्मीमार्फत मौरीको घार बनाउने गरेका छन् । हरेक घार निर्माणका क्रममा कम्तीमा एक टुक्रा टुनीको काठ प्रयोग गर्ने गरिएको छ । टुनी काठको सुगन्धमा मौरी बस्न आकर्षित हुने गरेको राई बताउँछन् । चिउरी फुलेको याम तथा फागुन, चैत र बैसाखमा मह उत्पादन बढी हुने गरेको राईले बताए ।

    बैदेसिक रोजगारीका सिलसिलामा एक दशक बिताएका राई सन् २०११ मा घर फर्किएका हुन् । ‘कृषिमा केही गरौं’ भन्ने सपना बोकेर घर फर्किएका राईले सुरुमा गाउँमा गोलबेँडा खेती गरे । त्यो बेला हलेसी ऐसेलुखर्क सल्लेनीका कौशिला राईले प्लाष्टिक टलेलभित्र गोलबेँडा खेती लगाएकी थिईन् ।

    कौशिलाको त्यही टनेल खेती हेरेर राजेशले पनि गोलबेँडा खेती लगाएका थिए । हलेसीमा होटलहरु खुल्ने क्रम जारी थियो तर गोलबेँडा खाने खुवाउने ‘संस्कार’ बिकास भएकै थिएन । उन्नत जातको गोलबेँडा फलाएर सस्तोमा बिक्री गर्न थालेपछि हलेसीमा गोलबेँडा प्रयोग गर्ने बढेको राई बताउँछन् । विदेशबाट फर्किएका एगिन्द्र राई लगायत केही साथीहरुले पनि उनलेझैं गोलबेँडा खेतीमा हात हाले ।

    त्यसपछि उनले कागतीको बेर्ना उत्पादनमा लागे, रुद्राक्षको बिरुवा उत्पादन गर्दै बिक्री गरे । कृषि कर्मपछि उनले हलेसीमा होटल सुरु गरेका हुन् । ‘आठ दश वर्ष विदेश बसेपछि कृषिमा केही गरौं भनेर फर्किएको थिएँ,’ राईले भने, ‘सुरुमा गोलबेँडा खेती लगाएँ । कागती र रुद्राक्षको बेर्ना उत्पादन गरेँ । त्यी कागती अहिले फल्न थालेको छ । रुद्राक्षकोचैं बजार राम्रो रहेनछ । कृषि क्रान्ती सहज रहेनछ ।’

    सम्बन्धित समाचार