खोटाङ, ९ मंसिर । नवौं उद्योग दिवसको अवशरमा शनिबार खोटाङको दिक्तेलमा प्रदर्शनमा राखिएका स्थानीय उत्पादन । ‘स्वदेशी उत्पादन अभियान, उद्योगीको सम्मान’ भन्ने नाराका साथ दिक्तेलमा घरेलु तथा साना उद्योग कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा उद्योग दिवस मनाइएको हो ।
जिल्ला समन्वय समितिको प्रांगनमा आयोजित दिवसमा जिल्लाका उद्यमीले तयार पारेका उत्पादनको स्टल राखिएको थियो । घरेलु तथा साना कार्यालयले सिप विकास तालिम दिएका व्यवसायीले उत्पादन गरेका सामानहरु प्रदर्शनी एवं प्रचारप्रसार तथा बिक्रीबितरण गर्दै प्रोत्साहन गर्नका लागी दिवस मनाइएको हो ।
दिवसको अवशरमा बसैखाली ठूलेको हेण्डीक्राफ्ट व्यवसायी चन्द्रप्रसाद आचार्यलाई खाँडीको दौरा सुरुवालका साथमा प्रमाण–पत्र दिएर सम्मान गरिएको छ । कार्यक्रममा विभिन्न दलका नेता, जनप्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।