Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिरुमनपाका पाँच विद्यालयलाई कम्प्यूटर डेस्कटप हस्तान्तरण

    दिरुमनपाका पाँच विद्यालयलाई कम्प्यूटर डेस्कटप हस्तान्तरण


    • मंगलवार, मंसिर १२ २०८०

    • नेपाल वाइड


    दिरुमनपाका पाँच विद्यालयलाई कम्प्यूटर डेस्कटप हस्तान्तरण
    मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले सम्वन्धित विद्यालयका प्रअ तथा प्रतिनिधिलाई कम्प्यूटर हस्तान्तरण गर्नुहुदै ।

    खोटाङ, १२ मंसिर । काठमाडौं डल्लु निवासी समाजसेबी मनोज श्रेष्ठले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पाँच विद्यालयलाई कम्प्यूटर डेस्कटप उपलव्ध गराएको छ ।

    गुणस्तरिय र प्रविधियुक्त शिक्षासँग विद्यार्थीलाई जोड्नका लागि श्रेष्ठले पाँच विद्यालयलाई तीन लाख बराबरको पाँच थान डेस्कटप उपलव्ध गराएको हो ।

    नगरपालिकाले मंगलबार आफ्नै सभाहलमा कार्यक्रम गरी विद्योद्धय आधारभुत विद्यालय छिताताल, जनजागृति आधारभुत विद्यालय नेर्पा, शारदा आधारभुत विद्यालय लफ्याङ र सहकला आधारभुत विद्यालय बुईपालाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

    मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईले सम्वन्धित विद्यालयका प्रअ तथा प्रतिनिधिलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् । एक थान कम्प्यूटर भने केही दिनपछि जालपा आधारभुत विद्यालय खार्मीलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

    समाजसेवी श्रेष्ठले आफुले मेहनत गरेर कमाएको धनबाट गत कात्तिक ५ गते नगरपालिकालाई कम्प्यूटर उपलव्ध गराएका थिए । बेष्ट पानी संस्था काठमाडौंका संस्थापक गोकुल दंगालको पहलमा श्रेष्ठले नगरपालिकाका पाँच विद्यालयलाई कम्प्यूटर उपलव्ध गराएका हुन् ।

    केही समयअघि नगरपालिकाले आयोजना गरेको मुन्धुम चित्रकला प्रदर्शनीलाई यू–टुव, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत हेरेपछि प्रभावित भएर श्रेष्ठले कम्प्यूटर प्रदान गरेको मेयर भट्टराईले बताए ।

    आकाशे पानी संकलन गरी शुद्ध पानी खुवाउने अभियान्ता दंगाल र मेयर भट्टराई साथीसाथी हुन् । मेयर भट्टराईले कम्प्युटर प्रदान गर्ने दातालाई धन्यवाद दिँदै कम्प्युटरमा माकुराको जालो पर्न नदिइ विद्यार्थीलाई प्रविधि सिकाउना उपयोग गर्न निर्देशन दिएका छन् । नगरपालिकाले केही समयपछि कम्प्यूटर दातालाई सम्मान गर्ने जनाएको छ ।

    सम्बन्धित समाचार