Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    गायन प्रतिभा पहिचानका लागि पुर्वमा पुर्वी स्टार गायन प्रतियोगीता हुँदै

    गायन प्रतिभा पहिचानका लागि पुर्वमा पुर्वी स्टार गायन प्रतियोगीता हुँदै


    • बिहिवार, मंसिर १४ २०८०

    • नेपाल वाइड


    गायन प्रतिभा पहिचानका लागि पुर्वमा पुर्वी स्टार गायन प्रतियोगीता हुँदै
    हाङ अनलाईन म्यूजिक प्रालिद्धारा दिक्तेलमा आयोजित पत्रकार सम्मेलन ।

    खोटाङ, १४ मंसिर । गायनका प्रतिभा पहिचानका लागि पुर्वको धरानमा पुर्वी स्टार गायन प्रतियोगीताको तयारी गरिएको छ । ‘पुर्वको माटो, पुर्वको पहिचान’का लागि हाङ अनलाईन म्यूजिक प्रालिको आयोजनामा पुर्वी स्टार गायन प्रतियोगीता सिजन वानको तयारी गरिएको हो ।

    लुकेर रहेका प्रतिभाको पहिचान एवम् अवशर पाउनबाट बञ्चित गायन कलालाई ‘प्लेटफर्म’ दिने उद्धेश्यका साथ पुर्वी स्टार गायन प्रतियोगीताको तयारी गरिएको दिक्तेलमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगीताका निर्देशक टिआर लिम्बूले जानकारी दिए ।

    ‘पुर्वको आवाज पुर्वको सान, पुर्वी स्टार गायन प्रतियोगीता सिजन वान’ नाम दिइएको गायन प्रतियोगीतामा सहभागी हुन इच्छुक प्रतिभाले मंसिर १५ गतेदेखि ९८४२४२६२०६ र ९८६९७५५२५५ मा ह्वाट्स् एपमार्फत आवेदन दिन सक्नेछन् ।

    आयोजक कम्पनीको क्यूआरमा एक हजार आवेदन शुल्क जम्मा गरेर स्कृन सर्ट ह्वाट्स् एपमा पठाउने व्यवस्था मिलाइएको आयोजक हाङ अनलाईन म्यूजिक प्रालिले जनाएको छ ।

    आगामी पुस १ गतेदेखि पुस १० गतेसम्म हुने अडिसनका लागि पहिलो चरणमा बिना ट्र्याक गीत गाएको भिडियो रेकर्ड गरेर ह्वाट्स् एप नम्बरमा पठाउनु पर्ने छ ।

    पहिलो अडिसन पार गर्ने प्रतियोगीले दोश्रो चरणमा ट्र्याकमा गीत गाएर भिडियो पठाउनु पर्ने निर्देशक लिम्बूले बताए । दोश्रो चरणको ट्र्याक राउण्ड पार गरेका प्रतियोगीले धरानमा हुने लाइभराउण्डमा स्वयं उपस्थित भएर ग्राण्डफिनालेसम्मको प्रतिष्पर्धामा सहभागी हुनुपर्ने आयोजकले जनाएको छ । गीत नेपालभित्र बोलिने सबै राष्ट्रिय भाषामा गाउन पाइने छ ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने प्रतिभालाई नगद चार लाख, एक तोला सुनको सिक्री, ट्रफी, एउटा गीत रेकर्ड गर्ने अवसर र प्रमाण–पत्र, दोश्रो स्थान प्राप्त गर्ने प्रतिभालाई नगद एक लाख ५० हजार, ट्रफी, एउटा गीत रेकर्ड गर्ने अवशर र प्रमाण–पत्र तथा तेश्रो स्थान प्राप्त गर्ने प्रतिभालाई नगद ५० हजार, ट्रफी, एउटा गीत रेडर्क गर्ने अवसर र प्रमाण–पत्र प्रदान गरिने छ ।

    लाइभ राउण्डका बेष्ट पर्फमरलाई एक थान गिटार प्रदान गरिने पुर्वी स्टार गायन प्रतियोगीताका संयोजक सुमन लिम्बूले जानकारी दिए । प्रतियोगीतामा प्रथम, दोश्रो र तेश्रो हुने प्रतियोगीलाई स्वदेश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा भ्रमणमा लगिने आयोजकले जनाएको छ ।

    पुर्वी स्टार गायन प्रतियोगीताको प्रचार–प्रसारका लागि आयोजकले हाल जिल्ला–जिल्लामा पुगेर पत्रकार सम्मेलन गरिरहेको छ । दिक्तेलमा पत्रकार सम्मेलन गरेको आयोजकको टोली ओखलढुंगातर्फ प्रस्थान गरेको छ ।

    सम्बन्धित समाचार