Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकको बलबहादुर राई मार्ग नामाकरण

    कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकको बलबहादुर राई मार्ग नामाकरण


    • शुक्रवार, मंसिर १५ २०८०

    • नेपाल वाइड


    कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकको बलबहादुर राई मार्ग नामाकरण
    प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिद्धारा आयोजित कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकलाई पुर्वमन्त्री बलबहादुर राई मार्ग नामाकरण घोषण कार्यक्रम ।

    खोटाङ, १५ मंसिर । कोशी प्रदेश नामाकरणमा असहमती राखेर पुर्वमा संघर्ष गरिरहेको प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिले कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकलाई पुर्वमन्त्री बलबहादुर राई मार्ग नामाकरण गरेको छ ।

    पुःन नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीमा मंसिर १४ गते आयोजना गरेको ‘घुर्मी–चिवाभञ्ज्याङ पहिचानवादी जागरण उद्घाटन तथा पहिचान बिरोधी ८२ प्लस बिरुद्ध खबरदारीसभा’मा कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकको नामाकरण गरिएको हो ।

    ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीमा बिक्रम संवत १९७७ फागुन ६ गते जन्म भइ २०६७ असार २० गते निधन भएका राजनीतिज्ञ राईको सम्झना र सम्मानमा प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिं थेगिमले सडकको नाम घोषणा गरेका हुन् ।

    ege.jpg

    माथिल्लो सगरमाथाको ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई पुर्वसँग जोड्ने एक मात्र कटारी–ओखलढुंगा–सोलुखुम्बु सडक राई आवास तथा भौतिक योजनामन्त्री भएकैबेला निर्माण सुरु गरिएको जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य धिरेन्द्र रुम्दाली बताउँछन् ।

    २००७ सालको राणा बिरोधी आन्दोलनको नेतृत्वकर्तामध्येका एक राईको योगदानको सम्मान स्वरुप सरकारले २०७३ मा हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । उनी ज्येष्ठताको आधारमा १९ पटक कार्यबाहक प्रधानमन्त्री बनेका थिए ।

    प्रदेशको नाम ‘कोशी’ राखिएको बिरोधमा थालिएको आन्दोलनलाई थप सशक्त बनाउनका लागि ‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण–२०८०’ अभियान सुरु गरिएको संघर्ष समितिले जनाएको छ ।

    नेकपा एमालेले मध्यपहाडीमार्फत मध्यपहाड यात्राको घोषणा सँगै संघर्ष समितिले मध्यपहाडी लोकमार्ग अन्तरगत घुर्मीदेखि दिक्तेल हुँदै पाँचथरको चिवाभञ्ज्याङसम्म विरोधसभा, सडक बन्द लगायतका कार्यक्रम गर्ने तयारी गरेको छ ।

    सम्बन्धित समाचार