शनिवार, मंसिर १६ २०८०
चित्र सुवेदी
सवैले भने
तिमी जुन जस्तै छौं ।
तिमी फूल जस्तै छौ ।।
मख्ख परेर तिमी
जुन हेरेर मुस्कुरायौ
फूल हेरेर मुस्कुरायौ ।
प्रिय,
तिमी जुन जस्तो हैन
जुन तिमी जस्तै छ ।
तिमी फूल जस्तो हैन
फूल तिमी जस्तै छ ।
थाहा छ
तिमीलाई हेरेर, हो ।
जुनले मुस्कुराउन सिकेको ।
तिमीलाई देखेर हो ।
फूलले सुवास छर्न सिकेको ।।
कवि चित्र सुवेदी