Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    राखाबांदेलमा शहिद अनिता गुरुङको शालिक अनावरण

    राखाबांदेलमा शहिद अनिता गुरुङको शालिक अनावरण


    • बिहिवार, मंसिर २१ २०८०

    • नेपाल वाइड


    राखाबांदेलमा शहिद अनिता गुरुङको शालिक अनावरण
    शहिद अनिता गुरुङको शालिक अनावरणपछि अभिवादन गर्नुहुदै प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ ।

    खोटाङ, २१ मंसिर । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलमा शहिद अनिता गुरुङको शालिक अनावरण गरिएको छ । शसस्त्र द्धन्द्ध कालमा गस्तीमा गएको नेपाली सेनाले हत्या गरेका गुरुङको शालिक प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङले मंसिर २० गते अनावरण गरेका हुन् ।

    अनिताको गुरुङगाउँस्थित जन्मघरछेउमा बनाइएको शहिद अनिता गुरुङ स्मृति पार्कमा २० औं स्मृति दिवसको अवसर पारेर शालिक अनावरण गरिएको हो । शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसन, सुकेधारा, काठमाडौंको पहलमा अनिताको शालिक तयार पारेर जन्मथलोमा बनाइएको स्मृति पार्कमा स्थापना गरिएको हो ।

    २०२३ साल मंसिर १० गते जन्मिएकी अनितालाई नेपाली सेनाले नियन्त्रणमा लिएर २०६० मंसिर २० गते विभत्स हत्या गरेको थियो । बुवा प्रेमबहादुर र आमा मनकुमारी गुरुङको चार सन्तानमध्ये उनी एक्ली छोरी थिइन् । उनका दाई प्रेमध्वज र भाई डिल्लीकेसर र बिपीन हुन् ।

    डिल्लीकेसरको पनि निधन भइसकेको छ । तत्कालिन बिद्रोही नेकपा माओवादीको विद्यार्थी संगठनमा संगठित भएको सुचनाका आधारमा सुरक्षाकर्मीले अनितालाई ट्यूसन पढ्न कालिका माबि जाँदैगरेको अवस्थामा विद्यालय नजिकैबाट नियन्त्रणमा लिएर बाकाचोल र राखाबांदेलको सिमानामा पर्ने नावा भन्ने ठाउँमा पुर्‍याएर हत्या गरेको दाजु विपिन गुरुङले बताए ।

    अनिताको घरमा पुगेको सेनाले आफन्तलाई कुटपिट गरेका थिए । अनिताको बुवा प्रेमबहादुरले भने भागेर छिमेकीको बाख्रा खोरमा लुकेर ज्यान गोगाउन सफल भएको स्थानीय बताउँछन् ।

    कुनैबेला जिल्लाका कम्यूनिष्ट नेताहरुले आश्रयस्थलका रुपमा प्रयोग गरेको गुरुङको घरलाई द्धन्द्ध कालमा माओवादीले पनि सेल्टर बनाएको थियो । ‘बहिनीलाई समातेकै दिन बाकाचोल र राखाबांदेलको सिमानामा पर्ने लिदिङ खोलामा सुरक्षाफौज र माओवादीको भिडन्त भएछ । त्यसपछि सेनालाई ठूलै मान्छे समाएका रहेछौँ भन्ने लाग्यो होला । भिडन्त लगत्तै हत्या भएको रहेछ,’ गुरुङले भने, ‘बहिनीको शरीरमा कपडा थिएन । छातीमा गोली हानिएको थियो । बलात्कारपछि बहिनीको हत्या गरिएको हाम्रो ठम्याई छ ।’

    अनिता गाउँमा हुने माओवादीको कार्यक्रममा सहभागी हुने, सदस्यता कटाउने लगायतका काम गर्थिन् । सोझो र सरल स्वभावको उनी एसएलसिको तयारीमा थिईन् । सुराकीको आधारमा सेनाले अनितालाई नियन्त्रणमा लिएर हत्या गरेको नेकपा माओवादी केन्द्र ऐसेलुखर्क गाउँपालिका कमिटि अध्यक्ष अगमसिं राई बताउँछन् ।

    कालिका माबिलाई पाँच लाख, राष्ट्रिय प्रजातन्त्र आविलाई डेस्कटप

    शालिक अनावरण कार्यक्रमको अवशसरमा शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनले अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई नगद पाँच लाख प्रदान गरेको छ ।

    आदिबासी जनजाती, दलितमध्येबाट एसइईमा उत्कृष्ट अंक ल्याउने एक जना बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्नेगरी फाउण्डेसनका अध्यक्ष होमनाथ गुरुङले प्रअ रमेशकुमार राईलाई नगद हस्तान्तरण गरेका थिए ।

    yu.jpg

    शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनद्धारा अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई नगद पाँच लाख प्रदान गर्दै ।

    यस्तै, फाउण्डेसनले राष्ट्रिय प्रजातन्त्र आधारभुत विद्यालयलाई एक थान कम्प्युटर डेस्कटप प्रदान गरेको छ । अध्यक्ष गुरुङले प्रअ बिष्णुकुमारी गुरुङलाई कम्प्युटर डेस्कटप हस्तान्तरण गरेका थिए । फाउण्डेसनले १० वर्षअघि कालिका माबिलाई चार थान कम्प्युटर डेस्कटप प्रदान गरेको जनाएको छ ।

    45.jpg

    शहिद अनिता गुरुङ मेमोरियल फाउण्डेसनद्धारा अक्षय कोष स्थापनाका लागि अनिताले अध्ययन गरेको कालिका माबिलाई एक थान कम्प्युटर डेस्कटप प्रदान गर्दै ।

    शालिक अनावरण कार्यक्रममा प्रतिनिधिसभा सदस्य राई, आदिवासी जनजाति आयोगका सदस्य सुर्य गुरुङ, ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई, नेकपा माओवादी नेता श्रीबहादुर राई, एमाले नेता गृहबहादुर राई, एमाले नेतृ पुष्पकला भुजेल, माओवादी केन्द्रका नेता अगमसिं राई लगायतले मन्तव्य राखेका थिए ।

    शहिद अनिता गुरुङको शालिक अनावरण कार्यक्रमका केही तस्बिरहरु

    3444.jpg56.jpg2.jpg3.jpg8.jpg9.jpg10.jpg121.jpg11.jpgrt.jpgty.jpggj.jpg

    सम्बन्धित समाचार