Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    देउसीभैली खेलेर जम्मा भएको पैसाले पूर्णअपांगता भएका २५ जनालाई ज्याकेट वितरण

    देउसीभैली खेलेर जम्मा भएको पैसाले पूर्णअपांगता भएका २५ जनालाई ज्याकेट वितरण


    • आइतवार, मंसिर २४ २०८०

    • नेपाल वाइड


    देउसीभैली खेलेर जम्मा भएको पैसाले पूर्णअपांगता भएका २५ जनालाई ज्याकेट वितरण
    सप्तरंगी महिला मञ्चद्धारा तिहारमा देउसीभैली खेलेर जम्मा भएको रकमबाट पूर्णअपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गर्नुहदै गाँउपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई ।

    खोटाङ, २४ मंसिर । खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित सप्तरंगी महिला मञ्चले देउसीभैली खेलेर जम्मा भएको पैसाले पूर्णअपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गरेको छ ।

    यसै वर्ष स्थापना गरिएको सप्तरंगी महिला मञ्चले गत तिहारमा देउसीभैली खेलेर जम्मा भएको रकमबाट गाउँपालिकाका २५ जना पूर्णअपांगता भएका व्यक्तिलाई ज्याकेट वितरण गरेको हो ।

    गाउँपालिकाको ७ वडामध्ये ६ वडाका तीन/तीन जना र ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका सात जनालाई जाडोमा लाउने न्यानो कपडा प्रदान गरिएको सप्तरंगी महिला मञ्चका सल्लाहकार संयोजक निर्मला शर्माले जानकारी दिइन् ।

    पूर्णअपांगता भएका व्यक्तिलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अवसर पारेर आइतबार गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राई र सप्तरंगी महिला मञ्चकी अध्यक्ष कल्पना राजभण्डारीको हातबाट ज्याकेट हस्तान्तरण गरिएको छ ।

    अपांगता भएका व्यक्तिको अनुपस्थितिमा आफन्त तथा सम्वन्धित वडाका जनप्रतिनिधिमार्फत ज्याकेट पठाइएको छ । सप्तरंगी महिला मञ्चले देउसीभैली खेलेर करिब ४० हजार संकलन गरेको थियो । व्यवस्थापन खर्च गरेर बाँकी रहेको रकमबाट गाउँपालिकासँग समन्वय गरेर पूर्ण अपांगता भएका व्यक्तिलाई जाडो छेल्ने ज्याकेट प्रदान गरिएको महिला मञ्चले जनाएको छ ।

    ऐसेलुखर्क गाउँपालिकामा विभिन्न कार्यक्रम गर्दै लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन गरिएको छ । अभियानको अवसरमा गाउँपालिकाले मावि स्तरिय बक्तृत्वकला र निमावि स्तरिय हाजिरीजवाफ प्रतियोगीता गरेको थियो । अभियान समापनको अन्तिम दिन ऐसेलुखर्क बजारमा प्रभातफेरी निकालिएको थियो ।

    eee.jpg

    लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान समापनको अबशरमा ऐसेलुखर्क बजारमा निकालिएको प्रभातफेरी ।

    सम्बन्धित समाचार