Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लैंगिक हिंसा बिरुद्ध दिप्रुङ चुईचुम्माका कर्मचारीले देखाए सडक नाटक

    लैंगिक हिंसा बिरुद्ध दिप्रुङ चुईचुम्माका कर्मचारीले देखाए सडक नाटक


    • सोमवार, मंसिर २५ २०८०

    • नेपाल वाइड


    लैंगिक हिंसा बिरुद्ध दिप्रुङ चुईचुम्माका कर्मचारीले देखाए सडक नाटक
    दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कर्मचारीद्धारा सन्देशमुलक सडक नाटक प्रदर्शन सडक नाटक ‘बुहार्तन’ प्रदर्शन गर्दै ।

    खोटाङ, २५ मंसिर । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कर्मचारीले सडक नाटक ‘बुहार्तन’ प्रदर्शन गरेका छन् । गाउँपालिकामा कार्यरत कर्मचारीले लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रमको अवसर पारेर आइतबार सन्देशमुलक सडक नाटक प्रदर्शन गरेका हुन् । समाजमा हुने लैंगिक तथा घरेलु हिंसा न्युनीकरण गर्ने उपाय समेटिएको सडक नाटक पञ्चमीबजारमा प्रदर्शन गरिएको हो ।

    गाउँपालिकाका छैठौं अधिकृत जनक ढुंगानाले लेखन तथा निर्देशन गरेको नाटकमा एमआईएस अपरेटर सुनिता राईले आमा, कम्प्युटर अपरेटर रन्जन फलयले बाबु, उद्यम बिकास सहजकर्ता मिना तामाङले बुहारी, पशु प्राबिधिक मनिराज मगरले छोरा, असिस्टेन्ट सब–इन्जिनियर पशुपती पुनले छोरीको भूमिका निभाएका थिए ।

    gh.jpg

    सन्देशमुलक सडक नाटक प्रदर्शन सडक नाटक ‘बुहार्तन’ प्रदर्शन गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कर्मचारीहरु ।

    यस्तै, सहायक महिला विकास निरिक्षक ओमसरा राईले गाउँपालिका उपाध्यक्ष, हेल्लो डाक्टरका टिमलिडर सुरेश प्रधानले ढ्वाँसे, जनस्वास्थ्य निरिक्षक मुरारी सिग्देलले उजुरी अधिकृत, हेल्लो डाक्टरका स्वास्थ्यकर्मी सुशिला राईले साहुनी, कृषि प्राबिधिक प्रशान्त राई र पशु प्राबिधिक डिल्लीराम ढुंगानाले ढ्वाँसेको साथी तथा गाउँ प्रहरी हवल्दार सुबिन राईले सुरक्षाकर्मीको भुमिका निभाएका थिए । सडक नाटकमा घरेलु तथा लैंगिक हिंसालाई गाउँपालिकाको न्यायीक समिति पुर्‍याएर समाधान गरेको देखाइएको थियो ।

    सडक नाटकमा उत्कृष्ट अभिनय गर्ने मिना तामाङ (बुहारी) र मनिराज मगर (छोरा)लाई गाउँपालिकाले पुरस्कृत गरेको छ । हिंसामुक्त समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा सहित सडक नाटक प्रदर्शन गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगरको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    सम्बन्धित समाचार