Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मेयर भट्टराई र कोरियास्थित नेपाली दुतावासका कूटनितिक नियोग उपप्रमुखबीच भेटवार्ता

    मेयर भट्टराई र कोरियास्थित नेपाली दुतावासका कूटनितिक नियोग उपप्रमुखबीच भेटवार्ता


    • सोमवार, मंसिर २५ २०८०

    • नेपाल वाइड


    मेयर भट्टराई र कोरियास्थित नेपाली दुतावासका कूटनितिक नियोग उपप्रमुखबीच भेटवार्ता
    भेटवार्तापछि तस्बिर खिचाउदै मेयर तीर्थराज भट्टराई र कोरियास्थित नेपाली दुतावासका कूटनितिक नियोगका उपप्रमुख पुष्पराज भट्टराई लगायत ।

    खोटाङ, २५ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र कोरियास्थित नेपाली दुतावासका कूटनितिक नियोगका उपप्रमुख पुष्पराज भट्टराई लगायतबीच भेटवार्ता भएको छ ।

    भ्रमणका क्रममा कोरिया पुगेका मेयर भट्टराई र नेपाली दुतावासका कूटनितिक नियोगका उपप्रमुख भट्टराई, सुर्यबहादुर थापा र संगम खत्रीबीच भेटघाट भएको हो ।

    भेटवार्तामा मेयर भट्टराईले कोरियामा बसिरहेका नेपालीको अवस्था, उनीहरुका समस्या र समाधानका उपाय, इपिएसमा कोरिया पुगेका नेपाली युवाको समस्यामा दुतावासले खेलिरहेको भूमिका, नेपालीलाई कोरियाले हेर्ने दृष्टिकोण, अवैधानिक नेपालीलाई वैधानिक दुतावासबाट भइरहेको पहल कदमीका बारेमा जिज्ञासा राखेका थिए ।

    मेयर भट्टराई सहित किष्ट कलेजका अध्यक्ष माधवप्रसाद बराल, प्रवन्ध निर्देशक राजेन्द्रकुमार घिसिङ, कोरियन भाषाविज्ञ नवराज काफ्ले र गोयाङ कृषि बिश्वविद्यालयका निर्देशक प्रोफेसर लि साङ जुको टोली सिओलस्थित नेपाली दुतावास पुगेका थिए ।

    मेयर भट्टराईको जवाफमा दुतावासका कूटनितिक नियोगका उपप्रमुख भट्टराईले कोरिया पुगेका नेपालीलाई पर्ने भाषिक समस्यादेखि भिसा नविकरण लगायतका काममा कुटनीतिक पहलमार्फत सहयोग गरिरहेको जानकारी दिएका छन् ।

    कूटनितिक नियोगका उपप्रमुख भट्टराईले कोरिया पुग्ने अधिकांश जनप्रतिनिधि दूतावास नपुगी फर्कने गरेको बताएका थिए । ‘धेरै जनप्रतिनिधि कोरिया आएर दूतावास नआई बाहिरबाहिरै फर्कनुहुन्छ । आफ्नो पालिका तथा नेपाली नागरिकको अवस्थाको बारेमा जानकारी लिएर फर्कनु स्थानीय सरकारको कर्तव्य हो,’ कूटनितिक नियोगका उपप्रमुख भट्टराईले भने, ‘तपाईले आफ्नो कर्तब्य पुरा गर्नुभएकोमा हार्दिक धन्यवाद छ । यहाँको नयाँ प्रविधि र कामप्रति कोरियानको जवाफदेहिता पुरा गर्न आग्रह गर्दछु ।’ भ्रमणका सिलसिलामा उपमेयर बिसन राई पनि मेयर भट्टराईसँग कोरिया पुगेका छन् ।

    सम्बन्धित समाचार