Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागी पिडितलाई आफन्तले जुटाइदिए २ लाख ३७ हजार

    आगलागी पिडितलाई आफन्तले जुटाइदिए २ लाख ३७ हजार


    • बिहिवार, मंसिर २८ २०८०

    • नेपाल वाइड


    आगलागी पिडितलाई आफन्तले जुटाइदिए २ लाख ३७ हजार
    आगालागी पिडित भिमबहादुर कट्वाललाई स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभेच्छुकहरुले जुटाई दिएको आर्थिक सहयोग हस्तान्तरण गर्नुहुदै पुर्ववडाध्यक्ष पृथ्वीराज राई ।

    खोटाङ, २८ मंसिर । आगलागीबाट बिस्थापित भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ गैरीका भिमबहादुर कट्वाललाई स्वदेश तथा विदेशमा रहेका आफन्त तथा शुभेच्छुकले आर्थिक सहयोग गरेका छन् । गत कात्तिक १६ गते राती विद्युत सर्ट भएका कारण सुरु भएको आगलागीबाट विस्थापित कट्वाल परिवारलाई स्वदेश तथा विदेशमा रहेका आफन्तबाट २ लाख ३७ हजार ९२९ रुपैयाँ सहयोग जुटेको हो । धितुङ घर भइ हाल अमेरिका रहेकी जानुका राईको नेतृत्वमा १ लाख ५ हजार ९२९ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

    जानुकाले अमेरिकाबाट ११ जना दाताबाट सहयोग संकलन गरेर अग्नी पिडितलाई पठाइदिएकी हुन् । यस्तै, हाल मलेसिया रहेका स्थानीय जनक चाम्लिङ राईको पहलमा ७८ हजार र धितुङको चिचिरा गैरीका स्थानीयबाट ५४ हजार हजार सहयोग जुटाइएको छ ।

    स्वदेश तथा विदेशबाट प्राप्त भएको सहयोग रकम धितुङका पुर्ववडाध्यक्ष पृथ्वीराज राईले अग्नी पिडित कट्वाललाई हस्तान्तरण गरेका छन् । मिटर बक्सबाट विद्युत सर्ट भएर घरमा आगलागी हुँदा कट्वालको अन्दाजी २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । आगलागीबाट कट्वालको ७ जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।

    सम्बन्धित समाचार