Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा आठ जना पहिचानवादी पक्राउ

    खोटाङमा आठ जना पहिचानवादी पक्राउ


    • आइतवार, पौष १ २०८०

    • नेपाल वाइड


    खोटाङमा आठ जना पहिचानवादी पक्राउ
    सडक बन्दमा उत्रिएका पहिचानवादी नेता तथा कार्यकर्ताहरुलाई नियन्त्रणमा दिदै प्रहरी । तस्बिरः चिसाङ शेर्पा ।

    खोटाङ, १ पुस । खोटाङमा पुर्व मन्त्रि गोपाल किराती लगायतका नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै सडक बन्दमा उत्रिएका आठ जना पहिचानवादी नेता पक्राउ परेका छन् ।

    प्रदेश नम्बर १ पुःन नामांकन संयुक्त संघर्ष समिति खोटाङका संयोजक युगसन किरात, युवा परिचालन समिति खोटाङका संयोजक निर्मल राई, जनता समाजवादी पार्टीका सचिव सुनिल चाम्लिङ, संघर्ष समितिका सदस्य संगीता किरात, उपार्जुन चाम्लिङ, लक्ष्मी राई, सोनामहाङ राई र मेलिना राईलाई प्रहरीले पक्राउ गरेको हो ।

    मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेलको किरातचोकमा सवारी आवागमनमा अवरोध गरेकाले आठ जनालाई ‘होल्ड’ गरिएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

    नेकपा (एमाले)को ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई लक्षित गर्दै मध्यपहाडी सडक बन्द गराउने, कालो झण्डा देखाउने क्रममा विभिन्न जिल्लाबाट पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै प्रदेस नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार प्रदेशभरी सडक बन्द आव्हान गरेको थियो ।

    प्रहरी नियन्त्रणमा रहेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै सडक बन्द गराउने क्रममा दिक्तेलबाट थप आठ जना पहिचानवादी पक्राउ परेका हुन् । पहिचान पक्षधर पार्टी तथा जातीय संगठन पुनः नामांकन संयुक्त संघर्ष समितिमा संगठित भएर विगत १० महिनादेखि प्रदेशको पुःन नामांकनको माग गर्दै आन्दोलनरत छन् ।

    एमालेको समृद्धिका लागि संकल्प यात्रा कोशी प्रदेश प्रवेश गर्न लाग्दा अवरोध स्वरुप संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि अनिश्चितकालका लागि घुर्मी (उदयपुर) देखि लेगुवा (धनकुटा) सडक बन्द आव्हान गरेको थियो । सोही बन्द सफल बनाउन हिँडेको अवस्थामा, कालो झण्डा देखाउने क्रममा खोटाङ, भोजपुर, धनकुटा, तेर्‍हथुम, संखुवासभा, उदयपुर, झापा लगायतका जिल्लाबाट पहिचानवादी पक्राउ परेका थिए ।

    सम्बन्धित समाचार