Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलबजारमा बैदेसिक रोजगार सम्वन्धी सडक नाटक

    दिक्तेलबजारमा बैदेसिक रोजगार सम्वन्धी सडक नाटक


    • मंगलवार, पौष ३ २०८०

    • नेपाल वाइड


    दिक्तेलबजारमा बैदेसिक रोजगार सम्वन्धी सडक नाटक
    सुरक्षित आप्रवासन परियोजना (सामी)को आयोजनामा जिल्ला समन्वय समितिको प्रांगणमा बैदेसिक रोजगार सम्वन्धी सडक प्रदर्शन गर्दै कलाकारहरु ।

    खोटाङ, ३ मंसिर । खोटाङको दिक्तेलबजारमा बैदेसिक रोजगार सम्वन्धी सडक नाटक प्रदर्शन गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसर पारेर सुरक्षित आप्रवासन परियोजना (सामी)को आयोजनामा सोमबार जिल्ला समन्वय समितिको प्रांगणमा बैदेसिक रोजगार सम्वन्धी सडक प्रदर्शन गरिएको हो । बैदेसिक रोजगारीमा जाँदा अपनाउनुपर्ने प्रकृयाका बारेमा जानकारी दिने लक्ष्यका साथ सन्देशमुलक सडक नाटक प्रदर्शन गरिएको सुरक्षित आप्रवासन परियोजनाले जनाएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा सञ्चालित परियोजनाले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा निर्मलीडाँडाका आप्रवासीका परिवारलाई खुत्रुके वितरण गरेको छ ।

    बित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षाका सहभागीहरुसँग सुरक्षित वैदेशिक रोजगारीका बिषयमा अन्तरक्रिया गर्दै १०४ जनालाई खुत्रुके वितरण गरिएको हो ।

    दिवसको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा दिप प्रज्वलन गरिएकोछ । ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने नारासहित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइएको हो ।

    सम्बन्धित समाचार