Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    संगठन विस्तारमा रास्वपा खोटाङ

    संगठन विस्तारमा रास्वपा खोटाङ


    • बिहिवार, पौष ५ २०८०

    • नेपाल वाइड


    संगठन विस्तारमा रास्वपा खोटाङ
    संगठन विस्तारमा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङका नेता तथा कार्यकर्ताहरु ।

    खोटाङ, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङ संगठन विस्तारमा लागेको छ । महिना दिनभित्र १० स्थानीय तहको ७९ वडामा अधिबेसन आयोजक समिति गठन गर्नेगरी रास्वपा संगठन विस्तारमा लागेको हो ।

    पुस ५ गतेदेखि बुईपाबाट सुरु गरिएको संगठन विस्तारको काम सोल्मामा पुगेर टुंग्याइने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य रबिन्द्र ओझाले जानकारी दिए । संगठन विस्तार अभियानका क्रममा वडा र पालिका स्तरिय अधिबेसन आयोजक समिति गठन गर्ने रास्वपाले जनाएको छ ।

    खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा भने पालिका स्तरिय आयोजक समिति गठन भइसकेको प्रदेश सदस्य ओझाले बताए । संगठन विस्तारको योजनाका बारेमा जानकारी दिन रास्वपाले बुधबार दिक्तेलको भवनगैरास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको थियो ।

    केन्द्रीय कार्यक्रम अनुसार रास्वपाले जिल्लामा मंसिर २ गतेदेखि मंसिर ४ गतेसम्म घरदैलो तथा मंसिर ५ गतेदेखि मंसिर ७ गतेसम्म फिडव्याक संकलन गरेको थियो । रास्वपाले केही समयपछि आफ्नो कार्यालयमा एक जना कार्यालय सचिव राखेर राहदानी, राष्ट्रिय परिचय–पत्र लगायत इन्टरनेटमार्फत हुने सेवा निःशुल्क गरिदिने तयारी गरेको छ ।

    रास्वपाको कार्यालय नियमित खुल्न थालेपछि इन्टरनेटमार्फत हुने सेवा दिनका लागि सूचना नै टाँस गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । रास्वपाले अन्यायमा परेका तर बोलिदिने मान्छे नभएर बीचैमा ‘होस्टायल’ हुने पिडितको सहयोगका लागि चाँडै टिम बनाउने र भिडियो वा भ्वइस मेसेजमार्फत गुनासो सुन्ने र सहयोग गर्ने तयारी गरेको छ ।

    यस्तै, आगामी आर्थिक वर्षबाट काठमाडौंमा कन्सल्टेन्ट डाक्टर राखेर खोटाङका नागरिकलाई आफ्नै वडाको स्वास्थ्यचौकीबाट भिडियोमार्फत स्वास्थ्य चाँज गर्ने, परामर्श लिने वातावरण मिलाइने प्रदेश सदस्य ओझाले जानकारी दिए ।

    २०८२ सालदेखि एसइईका छात्रछात्रालाई लक्षित गर्दै गणित र अंग्रेजीको सबै पाठको ट्युसन कक्षाको भिडियो सामग्री तयार गरेर यू–टुव वा सामाजिक सञ्जालमार्फत उपलव्ध गराउने योजना बनाइएको रास्वपाले जनाएको छ ।

    ‘संगठन विस्तारमा जान्छौँ । पव्लिक ओरिन्टेड काम गर । झण्डा, रास्वपा, जय घण्टी, रबि लामीछाने मात्रै नभन,’ ओझाले भने, ‘पार्टीको कुरा दश पर्सेन्ट गर्दा हुन्छ, नव्बे पर्सेन्टचैं पव्लिकको काम गर भन्छौँ ।’ रास्वपाले आफ्नो वडा तथा पालिका समितिलाई एग्रीकल्चर इन्टरप्राइजेजमा समावेस गर्दै कृषि उपज उत्पादन एवं बजारसम्म पुर्‍याएर ‘बिजिनेस’ गर्ने योजना बनाएको जानकारी दिएको छ । बाँदर जस्ता जंगली जनावरबाट पिडित क्षेत्रका किसानले सिस्नुको खेती गरेर चियाको रुपमा प्रयोग गर्ने धुलो उत्पादन गर्न सकिने ओझाले बताए ।

    सम्बन्धित समाचार