शनिवार, पौष ७ २०८०
नेपाल वाइड
खोटाङ, ६ पुस । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङको अध्यक्षमा गुरुप्रसाद ढकाल चयन भएका छन् । संगठनको शनिबार दिक्तेलमा सम्पन्न दोश्रो अधिबेसनबाट ढकाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
उनी दोश्रो पटक संगठनको अध्यक्षमा निर्वाचित भएका हुन् । १६ सदस्यीय समितिको उपाध्यक्षमा सिताराम श्रेष्ठ, सचिवमा रञ्जन खड्का, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा बिश्वराज मगर चयन भएका छन् ।
सदस्यमा हर्कबहादुर दर्जी, सञ्जिब गुरुङ, भद्रबहादुर बिक, सुनिल बिक, अर्जुन राई, लिलानाथ दर्जी, उमेश राई, होमकिशोर कसजु, केदार आचार्य, खगेन्द्र भट्टराई र चन्द्रबहादुर श्रेष्ठ चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले ‘सडक सुरक्षाः चासो रहाम्रो भूमिका’ बारेमा कायपत्र प्रस्तुत गरेका थिए ।
अध्यक्ष राईले सडक दुर्घटनाका भौतिक कारण, मानविय कारण, यन्त्रिक कारण र पर्यावरणीय कारण वारे जानकारी दिँदै सडक दुर्घटना न्युनिकरणमा हाम्रो भूमिकाका विषयमा यातायात मजदुरलाई प्रशिक्षण दिएका थिए ।
संगठनका केन्द्रीय अध्यक्ष राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकास शाह, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, संगठनका केन्द्रीय सदस्य विदुरसिंह तामाङ, संगठनका कोशी प्रदेश अध्यक्ष गौरी लामा, नेकपा (एमाले) खोटाङ अध्यक्ष रामप्रसाद दंगाल, उपसचिव सुरेन्द्रकुमार राई, संगठनका कोशी प्रदेश सचिव महेश घिमिरे, अधिवक्ता ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।