Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बस र मोटरसाइकल ठोक्किदा डिकुवा र पाथेकाका दुई युवा युवतीको मृत्यु

    बस र मोटरसाइकल ठोक्किदा डिकुवा र पाथेकाका दुई युवा युवतीको मृत्यु


    • सोमवार, पौष ९ २०८०

    • नेपाल वाइड


    बस र मोटरसाइकल ठोक्किदा डिकुवा र पाथेकाका दुई युवा युवतीको मृत्यु

    खोटाङ, ९ पुस । सिन्धुलीमा भएको सवारी दुर्घटनामा खोटाङका दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा सोमबार आपसमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २० वर्षीय सुसन राई र मोटरसाइकलको पछाडि बसेका खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १८ वर्षकी मुनाकला राईको मृत्यु भएको हो ।

    रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा।प्र। ०१–००६ ख ४५९३ नम्बरको बस र काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायक उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक सविता केसीको कमाण्डमा खटिएको प्रहरीले बस र बसका चालक रामेछापको मन्थली नगरपालिका–१३ का २४ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको जानकारी पाए लगत्तै आफन्तसहित घटनास्थलतर्फ हिँडेको डिकुवाका वडाध्यक्ष देबेन्द्र राईले बताए ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीय तथा यात्रुले बसमा आगजनी गरेर सडक अवरुद्ध पारेका छन् । स्थानीय एवं अन्य सवारीका यात्रुले बस चालकको लापरवाहीले दुर्घटना भएको भन्दै हदैसम्मको कारबाहीको माग गरेका छन् । राजमार्ग अवरुद्ध हुँदा काठमाडौं आवतजावत गर्ने सवारी साधनको दुर्घटना स्थलमा लर्को लागेको छ ।

    सम्बन्धित समाचार